गरिव घर परिवार परिचयपत्र वितरण शुरु, के के सुबिधा पाँउछन गरिबले, कपिलबस्तु पुगेर कृषि मन्त्रीले वितरण गरे कार्ड



हाम्रो इकोनोमि

 

कपिलबस्तु-सरकारले आजबाट गरिव घर परिवार परिचयपत्र वितरण शुरु गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आज कपिलबस्तुको मायादेवि गाउँपालिकामा -६ डुमरा परिचय पत्र बितरण गरेर यसको शुरुवात गरेका छन् ।

देशका २६ जिल्लामा यस्तो परिचयपत्र बितरण हुँदैछ ।

बाँकी ५१ जिल्लामा पनि आगामि दुई बर्षमा गरिव परचय पत्र बितरण गर्ने मन्त्रालयले लक्ष्य लिएको छ।

गरिव परिचय पत्र अतिगरिव रातो कार्ड, सामन्य गरिव पहेलो कार्ड र गरिव निलो कार्ड गरेर तीन किसिमका कार्ड बितरण गरिएको छ।

सरकारले पाँच बर्ष अगाडि तथ्याङ्क संकलन गरेर तीन किसिमका गरिव घर परिवार पहिचान गरेको थियो ।

उनीहरुलाई अति गरिव, सामन्य गरिव र गरिव गरेर तीन तहमा विभाजित गरिएको छ ।

पहिलो चरणमा २६ जिल्लाका तीन लाख ९४ हजार गरिव घर परिवारलाई कार्ड वितरण गर्ने सरकारको लक्ष्य छ ।

अधिकारीहरुले यस्तो परिचयपत्रले तत्काल केही सुविधा नभएपनि सरकारलाई गरिवमैत्री नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् ।

कतिपयले चाहिँ गरिवलाई परिचयपत्र दिएर सरकारले उनीहरुलाई समाजमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न थालेको भनेर आलोचना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...