गरिव घर परिवार परिचयपत्र वितरण शुरु, के के सुबिधा पाँउछन गरिबले, कपिलबस्तु पुगेर कृषि मन्त्रीले वितरण गरे कार्ड



हाम्रो इकोनोमि

 

कपिलबस्तु-सरकारले आजबाट गरिव घर परिवार परिचयपत्र वितरण शुरु गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आज कपिलबस्तुको मायादेवि गाउँपालिकामा -६ डुमरा परिचय पत्र बितरण गरेर यसको शुरुवात गरेका छन् ।

देशका २६ जिल्लामा यस्तो परिचयपत्र बितरण हुँदैछ ।

बाँकी ५१ जिल्लामा पनि आगामि दुई बर्षमा गरिव परचय पत्र बितरण गर्ने मन्त्रालयले लक्ष्य लिएको छ।

गरिव परिचय पत्र अतिगरिव रातो कार्ड, सामन्य गरिव पहेलो कार्ड र गरिव निलो कार्ड गरेर तीन किसिमका कार्ड बितरण गरिएको छ।

सरकारले पाँच बर्ष अगाडि तथ्याङ्क संकलन गरेर तीन किसिमका गरिव घर परिवार पहिचान गरेको थियो ।

उनीहरुलाई अति गरिव, सामन्य गरिव र गरिव गरेर तीन तहमा विभाजित गरिएको छ ।

पहिलो चरणमा २६ जिल्लाका तीन लाख ९४ हजार गरिव घर परिवारलाई कार्ड वितरण गर्ने सरकारको लक्ष्य छ ।

अधिकारीहरुले यस्तो परिचयपत्रले तत्काल केही सुविधा नभएपनि सरकारलाई गरिवमैत्री नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् ।

कतिपयले चाहिँ गरिवलाई परिचयपत्र दिएर सरकारले उनीहरुलाई समाजमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न थालेको भनेर आलोचना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...