सिन्धुपाल्चोकमा जीप दुर्घटना, ५ जनाको मृत्यु , मृतकको नामावली सहित



हाम्रो इकोनोमि

 

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

 

मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मृत्यु हुनेहरुमा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् । बोधोम र सुनमायाको उपचारको लागि लैजाँदै गर्दा र अन्यको घटनास्थलै मृत्यु भएको हो ।

 

घाइतेहरुलाई दुर्घटना भएको जीपभन्दा पछाडि आइरहेको एउटा ट्रकमा राखेर मेलम्ची पुर्‍याइएको थियो । घाइतेहरुलाई मेलम्चीबाट शुक्रबार बिहानपख साढे २ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको लागि पठाइको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । घाइतेहरुमध्ये चालकको अवस्था गम्भीर छ ।

 

चल्दाचल्दै स्टार्ट बन्द भएपछि जीप सडकबाट करिब चार सय मिटर तल खसेको थियो । प्रहरी र स्थानीयबासीले घाइतेहरुको उद्धार गरेका थिए । तर, पानी परेकाले बाटो बिग्रिएको र बेलुकाको समय भएकाले उद्धार कार्यमा समस्या भएको थियो । घाइतेहरुको उद्धारको लागि राति नै नाइट भिजन हेलिकप्टर आए पनि खराब मौसमको कारण फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...