सिन्धुपाल्चोकमा जीप दुर्घटना, ५ जनाको मृत्यु , मृतकको नामावली सहित



 

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

 

मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

मृत्यु हुनेहरुमा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् । बोधोम र सुनमायाको उपचारको लागि लैजाँदै गर्दा र अन्यको घटनास्थलै मृत्यु भएको हो ।

 

घाइतेहरुलाई दुर्घटना भएको जीपभन्दा पछाडि आइरहेको एउटा ट्रकमा राखेर मेलम्ची पुर्‍याइएको थियो । घाइतेहरुलाई मेलम्चीबाट शुक्रबार बिहानपख साढे २ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको लागि पठाइको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । घाइतेहरुमध्ये चालकको अवस्था गम्भीर छ ।

 

चल्दाचल्दै स्टार्ट बन्द भएपछि जीप सडकबाट करिब चार सय मिटर तल खसेको थियो । प्रहरी र स्थानीयबासीले घाइतेहरुको उद्धार गरेका थिए । तर, पानी परेकाले बाटो बिग्रिएको र बेलुकाको समय भएकाले उद्धार कार्यमा समस्या भएको थियो । घाइतेहरुको उद्धारको लागि राति नै नाइट भिजन हेलिकप्टर आए पनि खराब मौसमको कारण फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक