सरकारलाई सर्वोच्चको झड्का, मन्त्रिपरिषद्‍ले हटाएका दिगम्बर झा र बिष्णु मिश्रको पुनर्वहाली



 

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारको बेलामा नियुक्त भएकाहरुलाई हटाउने निर्णयमा सर्वोच्च अदालतले अंकुश लगाएको छ ।

प्रक्रिया पुरा गरेर नियुक्त भएकाहरुलाई समेत समयवाधि बाकि हुँदै हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगेकाहरुले अदालतबाट न्याय पाएका छन् ।  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षका जिम्मेवारीबाट हटाइएका दिगम्बर झा र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव बिष्णु मिश्र सर्वोच्च पुगेका थिए ।

झा र मिश्रले दायर गरेको रिटमा बिहिबार सुनुवाई भएको थियो । सरकारले दिएको अवकाश गैरकानुनी भएको  भन्दै सर्वोच्चमा दायर भएको रिटमा न्यायधिश पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई भएको थियो ।

सुनुवाइ पछि न्यायधिश भण्डारीको इजलासले उनीहरुलाई तत्काल काममा फर्काउन आदेश गर्दै रिट निवेदक र विपक्षी सरकार पक्षलाई साउन ३ गते छलफलमा आउन आदेश गरेको छ । अदालतको आदेश लगत्तै झा नेपाल दुरसञ्चार प्राधिकरण पुगी काम समेत थालेका छन्।

उनले आफ्नो कुरा भन्न नदिई प्राधिकरणमा पुन: नियुक्ति भएको केही महिनामै अवकाश दिएको बताएका छन्। ५ वर्ष प्राधिरकणको नेतृत्व सम्हालेका झालाई  देउवा सरकारले पुन: जिम्मेवारी दिएको थियो । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उनैलाई फेरि नियुक्त गर्न भन्दै मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए ।

गएको असार २० गते बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालीन देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो।

त्यही चपेटामा झा र मिश्रसहित गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, चलचित्र बिकास बोर्डका अध्यक्ष निकिता पौडेल लगायत परेका छन् ।

सरकारको कार्यविधी पुरा गरि नियुक्त भएकाहरुलाई हटाउने सरकारी निर्णय बिरुद्ध परेको रीटको सुनुवाई हुने क्रममा गोरखापत्रका महाप्रवन्धक उपाध्यायको भने शुक्रवार हुने भएको छ। यहि नजिरले पनि उपाध्याय लगायतको पनि तत्काल पुनर्वहाली हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक