साउन १ देखि तीव्र गतिमा सवारी कुदाए दोब्बर जरिवाना



हाम्रो इकोनोमि

 

सवारी साधान तीब्र गतिमा कुदाए साउन १ गतेदेखि दोब्बर जरिवाना तिर्नु पर्ने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले तीब्र गतिमा सवारी चलाएवापतको जरिवाना रकम दोब्बर बनाउने भएको हो ।

यसअघि तीब्र गतिमा सवारी चलाउँदा ५ सय रुपैयाँ जरिवाना लिइँदै आएको थियो ।

‘साउन १ गतेदेखि एक हजार रुपैयाँ जरिवाना तिर्नु पर्नेछ’, महानगरीय ट्राफिक महाशाखाका वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले भने, ‘यातायात व्यवस्था विभागबाट प्रत्यायोजित अधिकार प्रयोग गरेर जरिवाना बढाइएको हो ।’

विभागले १३ वैशाखमा तीब्र गतिमा सवारी चलाएवापत ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म जरिवाना लिन सकिने व्यवस्थासहितको पत्र ट्राफिकलाई पठाएको थियो ।

‘हजार रुपैयाँ जरिवाना हुँदैमा पूरा कन्ट्रोल भइहाल्छ भन्ने चाहिँ होइन । तर, केही न केही कम हुन्छ भन्ने हाम्रो अपेक्षा हो’, पन्तले थपे, ‘पहिले सबै सवारी चालकको मानसिकता परिवर्तन हुनुपर्छ । अनि, मात्र यो कन्ट्रोल हुन्छ ।’

ट्राफिक नियम आफ्नै लागि हो भन्ने कुरा सर्वसाधारणले पहिले बुझ्नु पर्ने उनको भनाइ छ ।

ट्राफिकले सवारी चालकसँग आवश्यक कागजपत्र नभए, निषेधित क्षेत्रमा हर्न बजाए र लेन अनुशासन पालना नगरे ५ सय रुपैयाँ जरिवाना लिँदै आएको छ । मादक पदार्थ सेवन गरी चलाउनेलाई ५ सयदेखि १५ हजार रुपैयाँसम्म लिँदै आएको छ ।

मापसेमा पटकको आधारमा जरिवाना लिने गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

    रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला...

कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...