गुन्डा नाइके काभ्रेली समूहका डन सत्यमान पक्राउ, छोटे डनहरुको यसरी भो भागाभग



हाम्रो इकोनोमि

 

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।

 

बिहीबार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

 विगत लामाे समयदेखि ब्यापारीहरुलार्इ डर त्रास देखाइ धमक्याउने अपराधिक समूहका डन सत्य लामालार्इ पक्राउ गरेकाे छ ।

 

प्रहरीको खोजीको सूचीमा रहेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएकाे टाेलीले पक्राउ गरेको परिसरका डीएसपी माेहन कुमार थापाले बताए।

 

उनका अनुसार हरुसँग मिलेर लामाले अवैध गतिविधी गर्दै अाएका हुन् । लामालार्इ प्रहरी टाेलीले बालुवाटारबाट पक्राउ गरेकाे हाे।

 

विना कारण ब्यापारीहरुलार्इ डर त्रास देखाइ धमक्याउने कार्य गरेकाे माैखिक उजुरीका अाधारमा लामालार्इ बिहीबार दिउँसाे पक्राउ गरिएकाे परिसरका प्रवक्ता समेत रहेका डीएसपी थापाले बताए।

 

लामा अपराधिक गतिविधीलार्इ पेश बनाए झै हप्ता असुली लगायत गैरकानुनी काम गर्दै आएका छन्। कामाडौंमा गुण्डागर्दी अन्त्य गर्ने प्रहरीको अभियान अन्तर्गत लामालाई पक्राउ गरीएको प्रहरीले परिसरले जनाएकाे छ

 

पक्राउ परेका लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी रहेको थियो ।

 

बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न सत्मानमाथि गत वर्ष काभ्रेमा किसानको माला लुटपाट गरेको समेत आरोप लागेको थियो । उनी यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए ।

थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...