गुन्डा नाइके काभ्रेली समूहका डन सत्यमान पक्राउ, छोटे डनहरुको यसरी भो भागाभग



हाम्रो इकोनोमि

 

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् ।

 

बिहीबार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

 विगत लामाे समयदेखि ब्यापारीहरुलार्इ डर त्रास देखाइ धमक्याउने अपराधिक समूहका डन सत्य लामालार्इ पक्राउ गरेकाे छ ।

 

प्रहरीको खोजीको सूचीमा रहेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएकाे टाेलीले पक्राउ गरेको परिसरका डीएसपी माेहन कुमार थापाले बताए।

 

उनका अनुसार हरुसँग मिलेर लामाले अवैध गतिविधी गर्दै अाएका हुन् । लामालार्इ प्रहरी टाेलीले बालुवाटारबाट पक्राउ गरेकाे हाे।

 

विना कारण ब्यापारीहरुलार्इ डर त्रास देखाइ धमक्याउने कार्य गरेकाे माैखिक उजुरीका अाधारमा लामालार्इ बिहीबार दिउँसाे पक्राउ गरिएकाे परिसरका प्रवक्ता समेत रहेका डीएसपी थापाले बताए।

 

लामा अपराधिक गतिविधीलार्इ पेश बनाए झै हप्ता असुली लगायत गैरकानुनी काम गर्दै आएका छन्। कामाडौंमा गुण्डागर्दी अन्त्य गर्ने प्रहरीको अभियान अन्तर्गत लामालाई पक्राउ गरीएको प्रहरीले परिसरले जनाएकाे छ

 

पक्राउ परेका लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी रहेको थियो ।

 

बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न सत्मानमाथि गत वर्ष काभ्रेमा किसानको माला लुटपाट गरेको समेत आरोप लागेको थियो । उनी यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए ।

थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...