छविलाल पौडेल निर्दोष छन्, बिनासर्त रिहाई गर्नुपर्छ भन्दै यसरी कुर्लिए नागरिक समाज



हाम्रो इकोनोमि

 

गोरखा फुजेलका सेचत नागरिक तथा परिवारले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाइको माग गरेका छन्।

 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा फुजेल, गोरखाका सचेत नागरिक परिवारले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन। परशुराम पौडेलले प्रेस विज्ञप्ति वाचन गर्दै कारागारामा रहेका छविलाल पौडेललाई तत्काल रिहाई गर्न माग गरे।

 

उनले भने,‘छविलाल पौडेल निर्दोष हुनुहुन्छ, उहाँ हाम्रो गाउँको विकासवादी नेता हो, उहाँ घरमा बस्नुभएको हुन्थ्यो, उहाँलाई फरार भनेर समाचार लेखिन्थ्यो, तर त्यस्ता समाचारले उहाँलाई पीडामा पाथ्र्यो, सर्वोच्च अदालतको आदेशलाई शिरोधार गर्दै गंगामायाले कानूनसम्मत रुपमा न्याय पाउन भनेर र आफू निर्दोष छु भनेर अदालतसामु जानु भएको हो।’

 

त्यस्तै कार्यक्रममा महाप्रसाद पौडेलले छविलाल पौडेल निर्दोष रहेको भन्दै नन्द प्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिईबीका कारण आफन्तहरुलाई फसाउन खोजेको आरोप लगाए।

 

उनले भने,‘कृष्णप्रसाद अधिकारी हत्याको जिम्मेवारी तात्कालिन माओवादीले लिईएको र आज आएर परिवारका सदस्यहरुलाई फसाउन खोज्नु अन्यायमा पार्नु हो, नन्दप्रसादकी बुहारीलाई अंश नदिएर चर्को आर्थिक अभावमा पारेको देखेर गाउँलेहरुले अशं दिलाउन पहल गरेको कुरालाई रिसिईबीका रुपमा लिएर गाउँलेहरु पनि छोराको हत्यारा हुन भनेर किटानी दिएको कुरा स्पष्ट छ।’

 

त्यस्तै गोरखा फुजेलका ठाकुर देवकोटाले जनयुद्धका सञ्चालक प्रचण्ड, बादल, पासाङलाई यस घट्नाको जिम्मा लिन आग्रह गरेका छन्। उनले भने,‘जनयुद्धका कमाण्डरहरु आज मालिक बनेर मोज गरिरहेका छन्, अनावश्यक आरोप खेपेर हाम्रा आफन्तहरुले जेल बस्नुपर्ने ? यदि जेल जानुपर्ने हो भने प्रचण्डले जानुपर्यो, होईन भने निर्दोष मानिसहलाई फसाउने काम भएको छ, त्यो द्धन्द्धकालको घट्ना हो, छविलाललाई बिना सर्त रिहाईको माग गर्दछु।’

 

जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘मृतक कृष्ण अधिकारीका दाजु नुरप्रसाद अधिकारीले गाउँलेहरुको सार्वजनिक जीवनमाथि प्रश्न चिन्ह लगाउने काम गरिहरका छन्, उनले भाईको न्यायको लागि काम कम तर कमाउ धन्दा बढी गरिहरको छन्, आफ्ना छोरा र श्रीमतीलाई घर निकाला गरेर अलपत्रमा पारेका छन्, उक्त घट्ना एकतर्फी प्रचार गरिएकोमा हाम्रो गम्भिर आपत्ति रहेको छ।’

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...