भक्तपुर राधेराधे डुबानमा, यसरी गरियो उद्धार



हाम्रो इकोनोमि

 

अविरल वर्षका कारण डुबानमा परेको भक्तपुरको राधेराधे वस्तीमा नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतले उद्धार अघि बढाएको छ । बुधबार राती देखि परेको अविरल वर्षका कारण डुबानमा परेका विभिन बस्तीको उद्धार बिहीबार बिहानै देखि सुरु गरिएको हो ।

 

वर्षाका कारण हनुमुन्ते र खासांखुसी खोलामा बाढी आउँदा राधेराधे, मध्यपुर ठिमी, जगाती, बराही, बागेश्वरी लगायतका स्थान डुबानमा परेका हुन् । डुबानपछि नेपाली सेना लगायतका टोलीले क्रेन, डुङ्गा, डोरी लगायतको प्रयोग गरी सर्वसाधारणको उद्धार सुरु गरेको हो ।

 

डुबानमा परी बागेश्वरीस्थि एउटा अस्थायी टहरामा बस्दै आएका एकै परिवारका तीन जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । त्यस्तै  यहाँको जनजीवन अस्तव्यवस्त रहेको समेत स्थानीयले बाएका छन् ।

 

बुधबार राती देखि परेको वर्षाका कारण यहाँका घर, पसल बन्द आवस्थामा छन्, भने भुकम्प पिडीतका बस्ती समेत डुबानमा परेका छन् । काडमाडौंको कोटेश्वर हुँदै यतातर्फ आउने सवारी साधनहरु  डाइभर्ट गरिएका छन् । अरनीको राजमार्ग अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...