भक्तपुर राधेराधे डुबानमा, यसरी गरियो उद्धार



हाम्रो इकोनोमि

 

अविरल वर्षका कारण डुबानमा परेको भक्तपुरको राधेराधे वस्तीमा नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतले उद्धार अघि बढाएको छ । बुधबार राती देखि परेको अविरल वर्षका कारण डुबानमा परेका विभिन बस्तीको उद्धार बिहीबार बिहानै देखि सुरु गरिएको हो ।

 

वर्षाका कारण हनुमुन्ते र खासांखुसी खोलामा बाढी आउँदा राधेराधे, मध्यपुर ठिमी, जगाती, बराही, बागेश्वरी लगायतका स्थान डुबानमा परेका हुन् । डुबानपछि नेपाली सेना लगायतका टोलीले क्रेन, डुङ्गा, डोरी लगायतको प्रयोग गरी सर्वसाधारणको उद्धार सुरु गरेको हो ।

 

डुबानमा परी बागेश्वरीस्थि एउटा अस्थायी टहरामा बस्दै आएका एकै परिवारका तीन जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । त्यस्तै  यहाँको जनजीवन अस्तव्यवस्त रहेको समेत स्थानीयले बाएका छन् ।

 

बुधबार राती देखि परेको वर्षाका कारण यहाँका घर, पसल बन्द आवस्थामा छन्, भने भुकम्प पिडीतका बस्ती समेत डुबानमा परेका छन् । काडमाडौंको कोटेश्वर हुँदै यतातर्फ आउने सवारी साधनहरु  डाइभर्ट गरिएका छन् । अरनीको राजमार्ग अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...