१५ करोड कमिशनको खेलमा मन्त्री यादव, केपी ओलीको प्रस्ताव ठाडै अस्वीकार



हाम्रो इकोनोमि

 

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री १५ करोड कमिशनको खेलमा मन्त्री यादव लागेपछि नेपाल आयल निगमको कार्यकारी निर्देशक रिक्त भएको १ महिना बित्दा पनि नियुक्ति गर्न सकेका छैनन् ।  उनले केपी ओलीको प्रस्ताव ठाडै अस्वीककार गरेका छन।

 

पछिल्लो समय धनार्जनतिर केन्द्रित हुन थालेका मन्त्री यादवआयल निगमको कार्यकारी निर्देशकका लागि १५ करोड बुझउन सक्ने ठुलोे  माछा खोजिरहेकाले निर्देशक नियुक्ति प्रक्रिया लम्बिन पुगेको स्रोतले दाबी छ ।

 

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक रिक्त भएको १ महिना बित्दा पनि नियुक्ति गर्न सकेका छैनन् ।

 

तेल भण्डारणका लागि जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार आरोप लागेपछि मन्त्रालयमा तानिएका गोपाल खड्काले जेठ २४ मा निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएपछि पद रिक्त भएको हो । लामो समयसम्म निगममा फर्किन खोजेका खड्काको प्रयास सार्थक हुन नसकेपछि उनले राजीनामा दिएका थिए ।

 

खड्काले राजीनामा दिनुअघि र त्यसपछि पनि निगम निमित्त कार्यकारी निर्देशकका भरमा संचालन हुँदैआएको छ । कार्यकारी निर्देशक नभएका कारण निगमको कामकारबाहीमा असर परिरहेको छ ।

 

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव भने कार्यकारी निर्देशक नियुक्तिको विज्ञापन निकाल्ने अझै सुरसार गरेका छैनन् । निगमको कार्यकारी निर्देशक छनोटका लागि सार्वजनिक विज्ञापन निकाल्नुपर्छ ।

 

तर एक महिनासम्म पनि मन्त्री यादवले नियुक्तिका लागि प्रक्रिया सुरु गरेका छैनन् । मन्त्री यादबलाई निगमको कार्यकारी निर्देशकको लागि कसले बढी कबोल गर्छ भन्दै मोलमोलाईमा लागेको आरोप छ ।

 

निगमको कार्यकारी निर्देशक हुन आकांक्षा राख्ने मुकुन्द घिमिरे र अनिलकुमार झा लगायतका सरकारका पूर्वउच्च अधिकारीसँग पनि मन्त्री यादवले भेट गरिसकेका छन् ।

 

निगमको कार्यकारी निर्देशकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलको नाम लिए पनि मन्त्री यादवले उनको नाम ठाडै अस्वीकार गरेका छन् ।

 

मन्त्री यादव २०६४ मा जनयुद्धलगत्तै क्रान्तिकारी थिए । वनमन्त्री हुँदा भ्रष्टाचार गर्ने तत्कालीन ललितपुरका एलडीओ डुन्डुराज घिमिरेलाई शौचालयमा थुनेर चर्चा पनि कमाए ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...