वर्षाले जनजीवन अस्तव्यस्तः बनेपा र भक्तपुर डुब्यो, अरनिको र वीपी राजमार्ग ठप्प



 

बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

 

अविरल वर्षापछि आएको बाढीले भक्तपुर डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा भक्तपुरका बस्ती जलमग्न भएका छन् । रातिदेखि नै उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालित छन् । यातायात, बजार, शिक्षण संस्था सबै बन्द भएका छन् ।

 

काभ्रेको बनेपा र पनौती पनि डुवानमा परेको छ । काभ्रेस्थित अनलाइनखबरकर्मी रामसुन्दर आचार्यका अनुसार पुण्यमती खोला र खहरेमा आएको बाढीले बनेपाको थापा गाउँदेखि धनेश्वरसम्मका भाग डुबानमा परेका छन । तीन दर्जन बढी पसल, घरको पहिलो तलामा पानीको भेल पस्दा रातभर स्थानीय जागराम रहे ।

 

यसैबीच, पहिरो खस्दा अरनिको राजमार्ग बिहीबार बिहानैदेखि ठप्प छ । काभ्रे भञ्ज्याङमा खसेको पहिरोले आवागमन प्रभावित भएको हो ।

उता, बीपी राजमार्ग पनि वर्षाले प्रभावित भएको छ । राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोले बिहानैदेखि सवारी रोकिएका छन् ।

 

प्रकाशित मिति : २८ असार २०७५, बिहिबार  ०८ : ४३  बजे

प्रतिक्रिया दिनुहोस
गुम्बाविरुद्ध उजुरी, हिनामिना भएको सामान खोजीको माग

    डोल्पामा सार्वजनिक गुम्बाका रुपमा दर्ता भई निजी रुपमा प्रयोगमा आएको र

पठनपाठन राेकिएपछि इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन

     त्रिविको कारण पठनपाठन ठप्प भएको भन्दै इन्जिनियरिङका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्

भदौ ३१ मा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण

    प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने

केपी ओली र विद्या भण्डारीबीच भेटघाट हुँदै

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यादेवी