ओलीले मन्त्री र सचिवलाई कार्यालयमै बोलाएर भने- सडकको स्तरोन्नति गर्दै खाल्डाखुल्डी तत्काल पुर्नू



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका सडकको स्तरोन्नति र खाल्डाखुल्डी पुर्ने काम तत्काल सक्न मन्त्रीसहित सम्बन्धित निकाय र अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उक्त मन्त्रालयका सचिवलगायतलाई बुधवार सिंहदरबारस्थित आफ्नै कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले सिन्डिकेट अन्त्यपछिको प्रक्रिया अघि बढाउन तथा कलंकी-नागढुंगा तथा बौद्ध-जोरपाटी लगायतका सडकको स्तरोन्नति तत्काल गर्न निर्देशन दिएका हुन् ।

जवाफमा मन्त्री महासेठले सिन्डिकेटको पुनरागमन कुनै पनि हालतमा नहुनेमा आश्वस्त पार्दै सडकको स्तरोन्नति र खाल्डाखुल्डी पुर्ने काम ५० दिनभित्र महसुस हुने गरी गर्ने बताएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...