ओलीले मन्त्री र सचिवलाई कार्यालयमै बोलाएर भने- सडकको स्तरोन्नति गर्दै खाल्डाखुल्डी तत्काल पुर्नू



 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका सडकको स्तरोन्नति र खाल्डाखुल्डी पुर्ने काम तत्काल सक्न मन्त्रीसहित सम्बन्धित निकाय र अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उक्त मन्त्रालयका सचिवलगायतलाई बुधवार सिंहदरबारस्थित आफ्नै कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले सिन्डिकेट अन्त्यपछिको प्रक्रिया अघि बढाउन तथा कलंकी-नागढुंगा तथा बौद्ध-जोरपाटी लगायतका सडकको स्तरोन्नति तत्काल गर्न निर्देशन दिएका हुन् ।

जवाफमा मन्त्री महासेठले सिन्डिकेटको पुनरागमन कुनै पनि हालतमा नहुनेमा आश्वस्त पार्दै सडकको स्तरोन्नति र खाल्डाखुल्डी पुर्ने काम ५० दिनभित्र महसुस हुने गरी गर्ने बताएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक