बालागुरु शिवालय धामलाई उन्नाइस किलोको मूर्ति दान



हाम्रो इकोनोमि

इलामका समाजसेवी डम्बर खड्काले माइजोगमाई गाउँपालिकामा रहेको एक मन्दिरलाई १९ किलो ग्रामको धातुको मूर्ति प्रदान गर्नुभएको छ ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका उहाँले माइजोगमाई गाउँपालिका–१ नयाँ बजारमा रहेको बालागुरु शिवालय धामलाई सो मूर्ति दान गर्नुभएको हो ।

करीब रु एक लाख १० पर्ने मूर्ति उहाँले मन्दिर व्यवस्थापन समितिका सहसचिव शिव निरौलालाई प्रदान गर्नुभएको छ । मन्दिरलाई मूर्ति दान गर्न पाएकोमा खुशी व्यक्त गर्दै खड्काले मन्दिरलाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्दिरका सचिव याम रसाइलीले खड्काले गर्नुभएको मूर्ति दानले आफूलाई थप काम गर्न हौसला मिलेको बताउनुभयो । इलामको रेडियो चियाबारीका अध्यक्ष समेत रहनुभएका खड्काले जिल्लामा रहेका विभिन्न मठ मन्दिर, चर्च, गुम्बाका साथै असाहय असत्तलाई समेत सहयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...