नेकपा फुटाउने ‘रअ’को नयाँ रणनीति, यसरी फुटाउँदै छ रअ ले नेपाल, यस्तो छ खतरनाक डिजाईन



हाम्रो इकोनोमि

 

भारतीय जासुसी सस्था ‘रअ’ले आफ्नो नेपाल रणनीति समीक्षा गर्ने भएको छ । सिक्किम भारतमा बिलय गराउनेदेखि बंगलादेश स्वतन्त्र गराउनेसम्मको भूमिका ‘रअ’ कै योजनामा भएको थियो ।

नेपालमा जनयुद्धदेखि गणतन्त्र ल्याउनेसम्मको योजना पनि ‘रअ’को योजनामा भारतले पूर्ण सहयोग गरेको चर्चा हँुदैआएको छ ।

 

यसको प्रमाणको रुपमा जनयुद्धमा लामो समय प्रचण्ड भारतमा नै बस्नु र नेपाल प्रहरीले सूचना दिंदा समेत पक्राउ नगरी उल्टै संरक्षण गरेको कुरा समेत प्रचारमा आइसकेको छ । तत्कालीन माओवादी र प्रमुख दलहरू तत्कालीन नेकपा एमाले र नेपाली कांग्रेसबीच १२ बुँदे सहमति पनि भारतकै सहयोगमा भएको थियो ।

 

‘रअ’कै योजनामा भएका यत्रा परिवर्तनहरूपछि हालको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेताहरू विशेषतः अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक चीनको कडा समर्थकका रुपमा देखिएपछि ‘रअ’ले नेपाल रणनीतिमा तत्काल फेरबदल गर्ने भएको छ भने उस्तै परे १२ बँुदे समझदारीमा हस्ताक्षर गर्ने दल र ब्यक्तिसंग ‘रअ’ ले हिसावकिताव माग्ने तयारी गरेको सुरक्षा स्रँेतको दावी छ ।

 

‘रअ’ ले नयाँ एजेन्ट नियुक्त गर्दै
भारतमा नरेन्द्र मोदी सरकार आएपछि ‘रअ’ का सबै भन्दा बढी एजेन्ट नेपालमा रहेको देखिएपछि पार्ट टाइमर रहेका हजारौ एजेन्टहरूलाई हटाएको थियो । हाल नेपालमा ‘रअ’ले पुन एजेन्टहरू राख्न अत्यावश्यक देखेको र नयाँलाई नियुक्ति दिने तयारी धमाधम भैरहेको समाचार छ ।

 

‘रअ’को मुख्य ध्यान अब नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पार्टीलाई टुक्र्याउनेतिर केन्द्रित हुने भएको छ । त्यसका  लागि बफादार ब्यक्तिको खोजी भइरहेको स्रँेत बताउछ । बिभिन्न कोणबाट संभावित ब्यक्तिहरूसंग ‘रअ’का दूतहरूले छलफल अगाडि बढाइरहेका छन् ।

 

आजभोलि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केही नेताहरू दरवारमार्गका महंगा होटलहरूका वारहरूमा महंगा रक्सीसंग झुम्मिएको र तालु खुइलेका, कपाल र जुगा सेताम्मे भएका नौला ब्यक्तिहरूसंगको जमघटमा बस्ने गरेको नेपालको गुप्तचर स्रँेत बताउछ । जुन जमघट ‘रअ’कै डिजाइनमा भएको अर्थ लगाउन थालिएको छ । साँघु अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेसको राति ८ बजेदेखि १ बजेसम्म मतदान

     नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक...

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा गर्भनरबाट शपथ

     नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल...

महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा...

गगन थापाले सभापतिमा उम्मेदवारी दिए

     कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले...