गोविन्द केसीको अवस्था गम्भीर र चिन्ताजनक, आजै हेलिकप्टरबाट काठमाडौ ल्याउने सरकारको तयारी



हाम्रो इकोनोमि

 

१५ औं पटक आमरण अनसनमा बसिरहेका गोविन्द केसीको अवस्था गम्भीर र चिन्ताजनक भएको छ । उनको स्वस्थ अबस्था खराब भएपछि सरकारले हेलिकप्टरबाट आजै काठमाडौ ल्याउने सरकारको तयारी गरेको छ ।

 

यतिबेला त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसी आन्दोलनमा छन् । उनको आन्दोलन आजको हैन । यसपटक उनी १५ औं पटक आमरण अनसनमा बसिरहेका छन् । सरकारले चिकित्सा शिक्षा र चिकित्सा सेवा सर्वसुलभ बनाउन माग गर्दै आफ्नो ज्यान डा केसीले दाउमा राख्दै आएका छन् ।

 

उनी सरकारले माग पूरा नगरेपछि उनी जुम्ला गएर आन्दोलन छेंडिरहेका छन् । उनको स्वास्थ्य कमजोर भइसकेको छ । उनी १२ दिनदेखि अनसनरत छन् । उनलाई चक्कर लागिरहेको छ । वाकवाकी लाग्ने भएको छ । पेट देखिरहेको छ । मांसपेशी बाँउडिरहेका छन् । पिसाबमा किटोनको मात्रा बढेको छ ।

 

सेतो रक्तकोशिका क्रमशः घट्दै गएको छ । रगतमा चिनीको मात्रा घट्दै गइरहेको छ । रगतमा म्याग्नेसियमको मात्रा घटेको छ । मुटुको चाल तलमाथि भइरहेको छ ।

 

चिकित्सक केसी हठी छन् । उनले ग्लुकोजसमेत लिन मानेका छैनन् । आइभी फ्ल्युड दिइएको छ । रगतमा म्याग्नेसियमको मात्रा कम भएकाले मुटुको चालमा गडबडी हुने वा मुटुले काम गर्न बन्द गर्न सक्ने खतरा बढेको छ । उपचारमा संलग्न डा प्रविण कुमार गिरीले डा केसी नै उपचार गर्न नमानेका कारण ज्यान कुनै पनि बेला तलमाथि हुने स्थितिमा पुगेको बताउँछन् ।

 

सरकार भने १२ दिनदेखि आमरण अनसन बसिरहेका डा केसीलाई बचाउने ‘मुड’मा देखिन्न । प्रधानमन्त्री केपी शर्मा ओलीले त संसद बैठकमै भनेका छन्, ‘कोहीकोही जुम्ला जाँदा पनि हल्लीखल्ली हुन्छ कोही जाँदा पत्तोसमेत हुँदैन ।’

 

ओलीले डा केसीलाई बचाउने भन्दा पनि गलाउने नीति लिएका छन् । बिमार मानिस त जतिसुकै ठूलो शत्रु भए पनि बचाउन खोजिन्छ । डा केसी त गरिबका आफन्त हुन् । ओली पनि पूर्ण स्थस्थ्य छैनन् । फेरि किन यति बैरी भएका ।

संघीय संसदको बैठकमा डा केसीको आन्दोलनलाई लिएर सत्तापक्षका सांसदहरुले तुच्छ भाषाको प्रयोग गरेका छन् । उनीहरु बालहठीसमेत भनेका छन् । सम्भवतः उनीहरुले संसदकै गरिमा घटाइरहेका छन् ।

 

संसद र सत्तालाई एउटै तराजुबाट जोखिरहँदा उनीहरु ‘अन्धभक्त’ देखिएका हुन् । के गोविन्द केसीले आफ्ना लागि लडाइँ लडेका हुन् त ?

आन्दोलनका बेला कानून निस्तेज हुन्छ 

 

डा केसी सरकारी कर्मचारी भएकाले उनले आन्दोलन गर्न नपाउने तर्क पनि गरिएको छ । अस्पतालको नियमअनुसार उनी बिदा स्वीकृत नै नगरी आफूखुसी जुम्ला गएको पनि सार्वजनिक गरिएको छ ।

 

सत्ता पक्षले गोविन्द केसीका कमजोरी औंल्याइरहेको छ । उनलाई कमजोर पार्न खोजिरहेको छ । तर अचम्म उनलाई यस्तै मामलामा फसाउन खोजिएको छ । विधिको शासन कायम हुनुपर्ने भन्दै अनशन बसिरहेका डा केसीले अस्पतालमा नआउनुको कारण उल्लेख गर्न नसकी बिदाको फारम नै नभरेको अस्पताल प्रशासनले जवाफ दिएको छ ।

 

तर गोविन्द केसी सरकारलाई सघाउन वा झण्डा बोक्न गएका हैनन् । उनले विधिको शासन मिच्ने सरकारलाई चुनौती दिन नै १५ पटकको आमरण अनसन बसेका हुन् ।

 

उनी आन्दोलनमा रहेकाले उनका लागि सबै कानून निस्तेज हुन्छन् । कानूनको पालना गरेर आन्दोलन हुँदै हुँदैन । केसीलाई नै कार्वाही गर्न सत्तापक्षले खोजिरहेको छ ।

 

कुनै पनि सरकारले आफू विरुद्धका आन्दोलनलाई स्वागत गर्दैन । कुनै पनि शासकले आफूविरुद्ध आन्दोलन गर् भनेर भन्दैन । फेरि गोविन्द केसीबाट नियम उल्लंघन भयो भन्नुको पनि तुक छैन ।

 

राणाशासन ढल्यो । पञ्चायत ढल्यो । राजसंस्था ढल्यो । त्यहाँ कुनै निती नियममा बसेर आन्दोलन भएको हैन । तसर्थ आन्दोलनको रुप हुँदैन । स्वरुप हुँदैन । आन्दोलनले नियमको पालना गर्दैन । गोविन्द केसीका लागि पनि कानून निस्तेज भएको छ ।

कुरा यत्ति हो सरकारले जति दम्भ देखाउँदै जान्छ त्यति नै उसको आयु पनि घट्दै जान्छ । तानाशाही प्रवृत्तिको एक समय हुन्छ जुन छिट्टै सकिन्छ । अधिनायकवादी सोचविरुद्ध आन्दोलन थपियो भने झन् के होला ?

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...