सडकको जग्गा खरीद-बिक्री गर्ने कर्मचारीसहित छ जना जेल चलान



 

सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएकामा त्रिनपा–३ मोतिगडाका जग्गा विक्रेता शिप्रसाद दाहाल र बुद्धिप्रसाद दाहाल रहेका छन् ।

 

यस्तै ललितपुर महानगरपालिका–३ खोकनाका जग्गा खरीदकर्ता नेपाल डंगोल, नापी शाखा कार्यालय उदयपुरका प्रमूख शिवचन्द्र ठाकुर, त्रिनपा–३ की वडा सदस्य हरिमाया शाही र लेखनदास हरि ढुंगानालाई अदालतका आदेशअनुसार पुर्पक्षको लागि कारागार चलान गरिएको उदयपुरका प्रहरी प्रमुख (एसपी) नवराज भट्टले बताए ।

 

प्रहरीका अनुसार गत जेठ १६ गते सगरमाथा राजमार्गअन्तर्गत गाइघाट कद्माहा सडकखण्डको त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने सात कट्ठा १९ धुर जग्गा स्थानीय शिवप्रसाद र बुद्धिप्रसाद दाहालले रु एक करोड तीन लाखमा ललितपुर खोकनाको नेपाल डंगोललाई बिक्री गरेका थिए ।

 

सडकको जग्गा बिक्री गर्ने किन्ने, सिफारिस गर्ने वडा सदस्य र कृतिम नक्सा बनाउने नापीशाखाका प्रमूख र लेखनदास सबैलाई अदालतको आदेशअनुसार पुर्पक्षको लागि जेल चलान गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक