सडकको जग्गा खरीद-बिक्री गर्ने कर्मचारीसहित छ जना जेल चलान



हाम्रो इकोनोमि

 

सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएकामा त्रिनपा–३ मोतिगडाका जग्गा विक्रेता शिप्रसाद दाहाल र बुद्धिप्रसाद दाहाल रहेका छन् ।

 

यस्तै ललितपुर महानगरपालिका–३ खोकनाका जग्गा खरीदकर्ता नेपाल डंगोल, नापी शाखा कार्यालय उदयपुरका प्रमूख शिवचन्द्र ठाकुर, त्रिनपा–३ की वडा सदस्य हरिमाया शाही र लेखनदास हरि ढुंगानालाई अदालतका आदेशअनुसार पुर्पक्षको लागि कारागार चलान गरिएको उदयपुरका प्रहरी प्रमुख (एसपी) नवराज भट्टले बताए ।

 

प्रहरीका अनुसार गत जेठ १६ गते सगरमाथा राजमार्गअन्तर्गत गाइघाट कद्माहा सडकखण्डको त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने सात कट्ठा १९ धुर जग्गा स्थानीय शिवप्रसाद र बुद्धिप्रसाद दाहालले रु एक करोड तीन लाखमा ललितपुर खोकनाको नेपाल डंगोललाई बिक्री गरेका थिए ।

 

सडकको जग्गा बिक्री गर्ने किन्ने, सिफारिस गर्ने वडा सदस्य र कृतिम नक्सा बनाउने नापीशाखाका प्रमूख र लेखनदास सबैलाई अदालतको आदेशअनुसार पुर्पक्षको लागि जेल चलान गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...