थाइल्याण्डको गुफामा फसेका सबै १३ जनाको सकुशल उद्दार



हाम्रो इकोनोमि

 

दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएको छ ।

मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् ।

थाई उद्दार टिमले १२ बालक र उनीहरुको प्रशिक्षककको उद्दार सफल भएकोमा खुशी व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेको छ ।

गुफामा फसेका उनीहरुलाई उद्दार गर्न तीनदिन अघि उद्दार कार्य सुरु भएको थियो । गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा फुटबल खेलाडी र उनीहरुको प्रशिक्षक तालिमपछि गुफामा गएका थिए ।

गत हप्ता सोमबार बेलायती गोताखोरले १३ जना अध्यारो र हिलैहिलो भएको एक कुनामा भोकाएको अवस्थामा भेटेको थियो ।

उनीहरुलाई उद्दार गर्नका लागि आइतबारदेखि उद्दार कार्य सुरु भएको थियो । उद्दार सुरु भएको पहिलो दिन ४ जना बालकको उद्दार गरिएको थियो । त्यस्तै सोमबार ४ जना र अन्तिम दिन मंगलबार ४ बालक र उनीहरुको प्रशिक्षकको उद्दार भएको हो ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...