थाइल्याण्डको गुफामा फसेका सबै १३ जनाको सकुशल उद्दार



हाम्रो इकोनोमि

 

दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएको छ ।

मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् ।

थाई उद्दार टिमले १२ बालक र उनीहरुको प्रशिक्षककको उद्दार सफल भएकोमा खुशी व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेको छ ।

गुफामा फसेका उनीहरुलाई उद्दार गर्न तीनदिन अघि उद्दार कार्य सुरु भएको थियो । गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा फुटबल खेलाडी र उनीहरुको प्रशिक्षक तालिमपछि गुफामा गएका थिए ।

गत हप्ता सोमबार बेलायती गोताखोरले १३ जना अध्यारो र हिलैहिलो भएको एक कुनामा भोकाएको अवस्थामा भेटेको थियो ।

उनीहरुलाई उद्दार गर्नका लागि आइतबारदेखि उद्दार कार्य सुरु भएको थियो । उद्दार सुरु भएको पहिलो दिन ४ जना बालकको उद्दार गरिएको थियो । त्यस्तै सोमबार ४ जना र अन्तिम दिन मंगलबार ४ बालक र उनीहरुको प्रशिक्षकको उद्दार भएको हो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...