गैँडाको खाग र सालकको खपटासहित चार जना पक्राउ



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गँैडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी काठमाडौँको विशेष टोलीले उक्त रेष्टुरेंन्टमा खानतलासी गर्दा गैँडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले निजहरुलाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाउने प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले काठमाडौँकै नयाँ बजारमा दुर्लभ वन्यजन्तु सालकको खपटाको कारोबार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चेकजाँच गर्दा बा७९प १७०७ नंको मोटरसाइकलमा सवार ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १०५ ग्राम सालकको खपटासहित पक्राउ गरेको जनाएको छ ।

निजहरुलाई पनि आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाइने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...