खेल्दै सिक्ने केन्द्रको मूलप्रवाहीकरण



हाम्रो इकोनोमि

वैकल्पिक शिक्षा कार्यव्रmम अन्तर्गत नेपालगञ्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्र मूल प्रवाहीकरणलाई थप प्रभावकारी बनाउन थालिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण गरिँदैछ ।

कार्ययोजना निर्माणमा नेपालगञ्ज उपमहानगरपालिका, बाँके जिल्ला शिक्षा समन्वय इकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदल गठन गरिएको छ ।

‘करीब १२ हजारभन्दा बढी बालबालिका र किशोरकिशोरी विद्यालय बाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्यले थप रणनीतिक योजना निर्माण गर्न लागिएको हो’—जिल्ला शिक्षा विकास समन्वय ईकाइका प्रमुख गोर्खबहादुर थापाको भनाइ छ ।

खेल्दै सिक्ने केन्द्रलाई अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने केन्द्र राखिएका नेपालगञ्ज उपमहानगरपालिकाको टोल अन्तर्गतको वडा कार्यालयले यसको अपनत्व समेत ग्रहण गरेको छ ।

‘खेल्दै सिक्ने केन्द्र आप्mनो वडामा रहेकाले अब यो हाम्रो जिम्मेवारीभित्र पनि पर्ने भएकाले यसका लागि आवश्यक सम्पूर्ण व्यवस्था वडा कार्यालयले गर्नेछ’—नेपालगञ्ज उपनपा वडा नं ४ का अध्यक्ष सफिक बेहनाको प्रतिबद्धता छ ।

नेपालगञ्जको वडा नं ४ र ८ मा दुईवटा खेल्दै सिक्ने केन्द्र सञ्चालनमा रहेका छन् । श्रम गर्नुपर्ने तर विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीले केन्द्रमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म जुनसुकै समयमा आएर पढ्न र खेल्न पाउने व्यवस्था मिलाइएको छ ।

बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले युनिसेफले केन्द्रमा पनि लगानी गर्दै आएको छ, युनिसेफका रामप्रसाद गौतमले बताउनुभयो ।

केन्द्रमा १० वर्षदेखि १९ वर्ष उमेरका विद्यालय छाडेका तथा नगएका बालबालिका र किशोरकिशोरी विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशीलता, सूचना तथा प्रविधि, आयआर्जन लगायतका विषयमा ज्ञान हासिल गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...