सिन्डिकेटधारी ५२७ यातायात समितिको बैंक खाता रोक्का, सम्पत्ति सुद्धिकरण र अख्तियारले छानविन गर्ने



 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभएको छ । सवारी यातायातलाई सहज बनाउनका लागि कोटेश्वर लोकन्थली सुरुङमार्ग निर्माणका लागि कम अघि बढेको मन्त्री महासेठले बताउनु भयो ।

 

उपत्यकामा दैनिकरुपमा हुने सडक चापलाई समाधान गर्ने गरी योजना ल्याउन लागिएको जानकारी पनि उहाँले दिनुभयो । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा राष्ट्रिय सभामा मन्त्री महासेठल यस बिषयमा जानकारी गराउनु भएको हो ।

 

यातायात क्षेत्रमा मिलेमतो खारेज भएसँगै ठूला यातायात व्यावसायीबाट रुट अनुमति इजाजत लिन आइरहेको जानकारी दिँदै मन्त्री महासेठले २४५ र २७२ वटा यातायात समितिको बैंक खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण विभाग छानबिन गर्न पठाइएको जानकारीसमेत दिनुभयो ।

 

‘सिन्डिकेट पुनः फर्कने भन्ने हल्ला मात्र हो, सरकारले काम नगरोस भन्नका लागि गरिएको अफवाह हो, कुनै पनि हालतमा सिन्डिकेट नफर्काउने गरी काम अगाडि बढेको छ, अव सिन्डिकेट फर्कदैन,’ मन्त्री महासेठले भन्नुभयो ।

 

उहाँले निर्माण ठेक्काको विद्यमान व्यवस्थालाई संशोधन गरेर ठेक्कापट्टाको समयावधि तीनदेखि पाँच वर्षसम्म बनाउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

 

तोकिएको समयमा निर्माण कार्य पूरा नगर्ने निर्माण व्यावसायीलाई सार्वजनिक सूचना जारी गरी कारबाही गरिरहेको बताउँदै उहाँले निर्माण क्षेत्रमा ढिलाइ गर्ने र गुणस्तर कायम नगर्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले क्रममा उहाँले विगतमा एकदेखि तीन वर्षको समयावधिलाई संशोधन गरी अवधि बढाउँदा निर्माण कार्यको गुणस्तरमा स्तरोन्नति हुने विश्वास व्यक्त गर्नुभयो ।

 

जापानको सहयोगमा कोटेश्वरमा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढाएको भन्दै उहाँले उपत्यकामा दैनिकरुपमा हुने सडक चापलाई समाधान गर्ने गरी योजना ल्याउन लागिएको जानकारी दिनुभयो ।

 

तोकिएको समयमा निर्माण कार्य पूरा नगर्ने निर्माण व्यावसायीलाई सार्वजनिक सूचना जारी गरी कारबाही गरिरहेको बताउँदै उहाँले निर्माण क्षेत्रमा ढिलाइ गर्ने र गुणस्तर कायम नगर्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

मन्त्रालयलाई प्राप्त बजेट सन्तुलितरुमपा बाँडफाँड गरिएको भन्दै उहाँले बजेट भएर पनि काम नगर्ने व्यावसायीलाई ठेक्का सम्झौताबमोजिम कारबाही अगाडि बढाइएको छ । मन्त्री महासेठले हिल्सा–सिमिकोट सडक यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने सोच बनाइएपनि पनि सम्पन्न हुन नसकेको बताउनुभयो ।

 

उहाँले जलस्रोत, सञ्चार र भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने तयारी गरिएको भए पनि मुआब्जाको विवाद अदालतमा रहेकाले काम अगाडि बढाउन नसकिएको जानकारी दिनुभयो ।

 

हुलाकी राजमार्गका विषयमा हालमा दुई लेनको निर्धारण भए पनि चार लेनमा जाने गरी सोच बनाएको उल्लेख गर्दै मन्त्री महासेठले पूर्व–पश्चिम राजमार्गको विस्तारको काम शुरु भई बोलपत्र भइसकेकाले छिटै निर्माण कार्य शुरु हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक