नेपाल आएर चर्चमा प्रवचन दिने फिलिपिनी दम्पत्ती देश निकाला, यस्तो थियो यिनको चर्चमा धन्दा



हाम्रो इकोनोमि

 

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले पछिल्लो पटक २०७४ मंसिर पहिलो साता नेपाल आएका दुई फिलिपिनी दम्पत्तीलाई देश निकाला गरेको छ ।

 

व्यवसायिक प्रवेशाज्ञा (बिजनेस भिसा) लिएका फिलिपिन्सका नागरिक डिभेरा रिचार्ड र रिता गोङ्गालाई विभागले एक बर्ष नेपाल प्रवेशमा प्रतिवन्ध लगाउँदै देश निकाला (डिपोर्ट) गरेको हो ।

 

‘डिभेरा रिचार्ड र रिता गोङ्गाले जुन प्रयोजनको लागि भिसा लिएका थिए त्यो भिसाको दुरुपयोग भएको पाइयो’ अध्यागमन विभागका डिजी दिपक काफ्लेले भने, ‘भिसा दुरुपयोग गरेको पुष्टि भएपछि उनीहरुलाई हामीले डिपोर्ट गरेका हौं ।’

 

एक वर्षको व्यवसायिक भिसामा नेपाल प्रवेश गरेका फिलीपिनी नागरिक डिभेरा र इन्डोनेशियाकी रिता गोङ्गाले धर्म प्रचार गरेको अध्यागमन स्रोतले जनाएको छ । डिभेरा र रिता श्रीमान–श्रीमती हुन् ।

 

पछिल्लो समय महिना उनीहरु ललितपुरको सातदोबाटो आसपासको एउटा चर्चमा बस्दै आएका थिए । उनीहरुले ललितपुर क्षेत्रमा सञ्चालित विभिन्न चर्चहरुमा प्रवचन दिएर इसाई धर्म प्रचार गरेको ‘सुरक्षा रिपोर्ट’ समेतका आधारमा गृह मन्त्रालयले अध्यागमन विभागलाई छानविन गरेर कारवाही गर्न निर्देशन दिएको थियो ।

 

मन्त्रालयको निर्देशनपछि विभागले उनीहरुलाई धर्म प्रचार गरेको आरोपमा नेपालबाट फिलिपिन्स डिपोर्ट गरेको हो ।

 

ईसाइ धर्म प्रचारमा संलग्न भएको आरोपमा विदेशीलाई गृह मन्त्रालयले देश निकाला गरेको यो पहिलो घट्ना भएको अध्यागमनका अधिकारीहरु बताउँछन् ।

 

अर्धन्यायिक निकाय समेत रहेको अध्यागमनले फिलिपिनी दम्पत्तीलाई १०–१० हजार नेपाली रुपैयाँ जरिवाना समेत गरेको छ । पछिल्लो समय ललितपुरमा चर्चको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...