चीन लैजाने ‘रुपसी’ र ‘भद्र’ चितवन बाट काठमाडौं ल्याइदै, नेपालबाट अहिलेसम्म २६ गैंडा विदेशिए



हाम्रो इकोनोमि

 

चीन सरकारलाई उपहार स्वरुप दिइने एक जोडी गैंडा चितवनबाट काठमाडाैं ल्याइदैछ ।
चितवन राष्टिय निकुञ्जबाट ‘रुपसी’ र ‘भद्र’ नामका दुई गैडालाई काठमाडौ ल्याउन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

 

चितवनमा पीट बुमामा राखीएको गैंडालाई खोरमा राखेर काठमाडौं ल्याउन लागिएको हो  । त्यही खोर विमानमा राखेर पनि चीनतर्फ पठाइने चितवनका चिफ वार्डेन वेदकुमार ढकालले बताए ।

 

मुग्लिन नारायणगढ सडकमा पहिरो जाने क्रम भइरहेकाले मंगलबार  ल्याउन लागेको गैडा भोली मात्र आइपुग्ने राष्ट्रिय निकुन्ज तथा  बन्यजन्तु संरक्षण बिभागका उपमहानिर्देशक गोपाल भट्टराईले जानकारी दिए ।

 

वुधबार आइपुग्ने गैडालाई सातदोबाटो स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिनेछ । आउने बिहिबार यो जोडी गैडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको टोलीलाई हस्तान्तरण गर्ने छन् । चितवनबाट गाडीमा राखेर ल्याइने गैडा  चिनियाँ कार्गो विमानमा चीन जाने छ ।

 

चीनको दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) को टोली र चिनियाँ भेटरिनरीको टोलीले एक साता लामो नेपाल बसाइका क्रममा ‘रुपसी’ र ‘भद्र’ को स्वास्थ्य स्थिति र अन्य हाउभाउको मूल्यांकन गरेको थियो ।

 

टोलीले दुवैै केटाकेटीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी गर्दै अब चीन लैजान कुनै आपत्ति नरहेको स्पष्ट पारेको छ । सरकारले दूई जोडी गैडा चीनलाई दिने निर्णय अनुसार अर्को एक जोडी आउने आर्थिक वर्षमा दिइने छ । उपहार दिएको नेपाली गैंडा चीनको चिमेलाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखिने तयारी भएको अधिकारीहरु बताउँछन्।

 

गैंडासँगै २ जना केयर टेकर र १ जना भेटरिनरी डाक्टर चीन जाने विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए । उनका अनुसार २ जना केयर टेकरले १२–१२ घण्टा ‘रुपसी’ र ‘भद्र’लाई निरिक्षण गर्नेछन् ।चीन सरकारकै तलब भत्तामा रहने ती कर्मचारी केही दिनको बसाइपछि स्वदेश फर्कनेछन् ।

 

गैंडालाई चीनसम्म छाड्न निकुञ्जकै वरिष्ठ चिकित्सक डा कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक किरण रिजाल र तीन सहयोगीसमेत पठाउन लागिएको छ । काठमाडौँसम्म गैंँडा छाड्न प्रमुख संरक्षण अधिकृत ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याललगायत जानुहुनेछ ।

 

नेपालले २०६२ फागनु १६ पछि कुनै पनि देशलाई गैंडा उपहार दिएको छैन । त्यतिबेला शाहीकालीन सरकारले अस्ट्रियाको भियनास्थित चिडियाखानालाई एक जोडी गैंडा उपहार दिएको थियो । चीनले २ जोडी गैँडा दिएवापत  वन्यजन्तु संरक्षण र सूर्यविनायकमा बनिरहेको जुलोजिकल पार्कमा आर्थिक सहयोग गर्ने वचन दिइसकेको छ ।

 

नेपालबाट अहिलेसम्म २६ गैंडा विदेशिए
नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जमार्फत  विभिन्न देशमा  २६ गैंडा उपहारस्वरुप पठाइसकेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मार, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैडा पठाइएको छ ।

 

 

अब २ गैंडा चीन पठाएसंगै २८ गैडा बिदेश जाने भएका छन । बाह्र वर्षपछि अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको हो । निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो ।

 

 

पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैंडा पठाइएको थियो । यसअघि गैंडा पठाएर भारत, म्यान्मार र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवले गैंडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...