गोलघरभित्र यसरी बरबराउँछन् गोरे, अनि भन्छन् खोई मेरो ३३ किलो सुन



 

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ मानसिनक सन्तुलन गुमाउने अबस्थामा पुगेका छन्। गोरेमाथि हाल केन्द्रीय कारागार सुन्धाराको गोलघर भित्र राखेर अनुसन्धान भइरहेको छ।

 

उनी आजभोली गोलघर भित्र एक्लै बोलिरहने, बरबराउने एक थरी कुरा सोध्यो अर्कै थरी कुरा गर्ने गरेको सुन्धारा कारागार स्रोतले जनाएको छ। स्रोतका अनुसार उनलाई हाल नियमित सुन्धारा कारागार भित्रै रहेको अस्पतालमा मानसिक चेक गराउन सुरु गरिएको छ।

 

अस्पतालका मानसिक रोगका डाक्टर कृष्ण गौतमका अनुसार गोरे तनावका कारण एक्लै बरबराउन थालेका हुन्। मानसिक अवस्था सन्तुलनमै रहेको उनको भनाई छ। ‘हामी गोरेलाई नियमित चेक गरिरहेका छौं तनाव नहुने र निद्रा लाग्ने औषधी दिन खोज्दा तनावले हो।

 

म कन्ट्रोल गर्छु भनेर गोरेले औषधी खान मानेन्,’ गौतमले भने। ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अभियोगका ३३ जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षकालागि जेल चलान गरेको थियो। मोरङ कारागारमा राखिएका गोरे सहित छिरिङ वाङ्गेल घले र भुजुङ गुरुङलाई सम्पति शुद्धीकरण अायोगले जेठ २८ मा काठमाडौं ल्याएको थियो।

 

गोरे जेठ ८ गते पक्राउ परेका थिए। घले र गुरुङलाई सुन्धारा कारागारको गोलघर बाहिरै राखिएको छ भने गोरेलाई भने गोलघर भित्र राखिएको छ। गोलघर भित्र गोरेलगायत अन्य कुख्यात अपराध गरेका ६ जना रहेका छन्।

 

माघ ९ गते तस्करीको ३३ किलो सुन हराएपछि सनम शाक्यको हत्या भएको थियो। सुन तस्करी र सनम शाक्य हत्याको हाल गृहमन्त्रालयका सह सचिव ईश्वरीराज पौडेल नेतृत्वको छानविन समितिले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक