अख्तियार टोलीले ८० हजार घुससहित इन्जिनियर पक्राउ



हाम्रो इकोनोमि

 

जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् ।

सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

उनलाई आज विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।

 

पानीजहाज ल्याउन अागामी आर्थिक वर्षमा नदी सर्वेक्षण गरिन्छ : अर्थमन्त्री खतिवडा

 

काठमाडौं अर्थमन्त्री युवराज खतिवडाले पानी जहाजका लागि नदीहरुको सर्वेक्षण आउँदो आर्थिक वर्षदेखि अघि बढ्ने बताएका छन् ।

 

सोमबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेसम्म पानी जहाजको काम कुन निकायले गर्ने भन्ने निर्णय नभए पनि आफूहरु नीति निर्माणकै तहमा रहेको जानकारी दिए ।

 

पानी जहाजका लागि नदीहरुको सर्वेक्षणको क्रम अघि बढेको छ, त्यसका लागि कम्पिटेन्ट अथोरिटी के हो ? पारवहनसँग सम्बिन्धत हाम्रा संस्थानहरु पनि छन्, वा अरु कुनै व्यवस्था गर्ने हो यसको नीति निर्माण गर्ने तहमै छौं’ उनले भने ‘आगामी आर्थिक वर्ष सुरु हुनृे वित्तिकै हामी यसलाई अघि बढाउँछौं ।’

 

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले प्रधानमन्त्रीले सपना देखेको पानी जहाज कुन मन्त्रालय अन्तर्गत पर्छ ? बजेट विनियोजन र तयारी के कस्तो अवस्थामा छ भनी प्रश्न गरेकी थिइन् ।

 

अर्थमन्त्री खतिवडाले भुगोल र जनसंख्यालाई आधार बनाउदै अन्य परिसूचकलाई पनि मध्यनजर गरी सन्तुलित बजेट आएको बताएका छन् । उनले बजेटले संघीयतालाई आत्मसाथ गरेको दाबी पनि गरे ।

 

सीमित साधनलाई असिमित प्राथमिकतामा बाँड्नु पर्दा केही आयोजनालाई आवश्यक बजेट विनियोजन गर्न नसकेको भए पनि प्रदेश र स्थानीय तहमा पनि विनियोजन भएको बजेटलाई हेरेर समग्र मुल्यांकन गर्नुपर्ने तर्क अर्थमन्त्री खतिवडाले गरे । संघको बजेटमात्रै हेरर समग्र बजेटको आकार र प्रकृतिको धारणा बनाई व्याख्या गर्न नहुने उनले बताए ।

 

राष्ट्रियसभा सदस्यहरुले बजेटमा प्रादेशिक सन्तुलनको कुरा उठाउदै संघीयतालाई आत्मसाथ गर्न नसकेको र कार्यान्वयनमा जटिलता रहेको टिप्पणी गरेका थिए ।

 

अर्थमन्त्री खतिवडाले भारतीय ५ सय र १ हजारका नोट सटहीका लागि भारत सरकार संग छलफल भइरहेको पनि बताए । विशेष गरेर ५ सय र १ हजार दरका भारतीय रुपैया सटहीको व्यवस्था नहुँदा सीमा क्षेत्रमा भएको असुविधा प्रति भारत सरकार संग नया ढंगले छलफल अघि बढाइएको अर्थमन्त्री खतिवडाले बताए ।

 

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...