गोली हान्ने रुद्र आचार्य आयरल्याण्डमा, सबै दोषीलाई कारबाही नभएसम्‍म म अनशन तोड्दिन: गंगामाया



 

छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गराई उनलाई न्याय दिलाउन अनशनरत गंगामाया अधिकारीले छविलाल पौडेलको आत्मसमर्पणपछि घटनाका अन्य दोषीलाई पनि कारबाही नभई आफूले अनशन नतोड्ने बताएका छन्।

 

उनले छविलाल पौडेल थुनिँदा आफूलाई दुख पनि नलागेको र सुख पनि नलागेको बताइन्। अधिकारी हत्याका मुख्य आरोपीमध्ये एक छविलाल पौडेल थुनिएपछि उनले आइतबार साँझ वीर अस्पतालमा  प्रतिक्रिया दिँदै भनिन्, मेरो छोराको हत्यारा त्यो एउटामात्र होइन, एकजनाले स्वीकार्दैमा हुन्न। अरुलाई पनि कारबाही हुनुपर्छ। पौडेल प्रहरी हिरासतमा आए भन्दैमा म अनशन तोड्नेवाला छैन।

 

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य आरोपी  छविलाल पौडेल पुर्पक्षका जेल चलान भएका छन् । छविलाल आइतबार अपराह्न आफै सर्वोच्च अदालतमा आत्मसमर्पण गर्न पुगे । अदालतले उनलाई सदरखोर डिल्लीबजार चलान गरिदियो ।

 

उनी पुर्पक्षका लागि थुनामा छन् । यो विषयमा मानवअधिकारकर्मीले मिश्रित प्रतिक्रिया दिएका छन् । मानव अधिकारकर्मी चरण प्रसाँईले मुख्य आरोपी नै पक्राउ परेकाले गंगामाया अधिकारीको मुख्य माग सम्बोधन भएको र उनको जीत भएको बताएका छन् ।

 

उनले भने, ‘यो गंगामायाको जीत हो । यसलाई सकारात्मक लिनुपर्छ । मुख्य आरोपी अप्रत्याशित रुपमा अदालतमा आत्मसमर्पण गर्नु पुग्नु शंकास्पद भएन र ? जवाफमा उनले भने, ‘पक्रिया एउटै हो ।

 

पुर्पक्षका लागि जेल चलान गरेको भए । मुद्दाको अन्तिम किनारा नलागेसम्म कानुनी रुपमा उम्किन र उम्काउन पाइँदैन ।’ यो गंगामायाले न्याय पाउने सन्दर्भमा सकारात्मक हो ।

 

तर, मानवअधिकारकर्मी कपिल श्रेष्ठ गंगामायाले न्याय पाउनेमा विश्वस्त छैनन् । उनले भनेका छन्, ‘यो मुद्दालाई कमजोर बनाउने षड्यन्त्र हो ।’ म चुनौती दिन्छु, प्रधानमन्त्री र गृहमन्त्रीलाई यो मुद्दा राजनीतिक होईन भन्ने बुझेर, सोचेर, बुझेर यस्तो गर्न लगाउनु भएको हो कि ? मुद्दा कमजोर बनाएर बालकृष्ण ढुंगेल जस्तै उम्काउन खोजेको ?’

 

उनले भनेका छन्, ‘मलाई शंका छ । जिल्लामा रहेका पहिलेका न्यायाधीशहरु र प्रहरीका जिम्मेवार व्यक्तिहरुले मुद्दा कमजोर बनाएका छन् । म सबैलाई राम्ररी चिन्छु ।’ यो छारो हाल्ने कुरा हो । यत्रो वर्ष पक्राउ नपर्ने अहिले आएर अदालतमा आत्मसमर्पण गर्ने ? उनले अब प्रचण्ड र ओलीले थेग्न सक्दैनन् पनि भने ।

 

कृष्णप्रसाद हत्याको आरोप लागेका पौडेललाई चितवन जिल्ला अदालतले २०७१ साल बैशाखमा धरौटीमा छाडेकोमा पुनरावेदन अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो । तर, सर्वोच्च अदालतले २०७२ साल पुसमा जिल्ला र पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै पौडेललाई थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो ।

 

छविलाल पौडेल लगायतलाई कारबाहीको माग गर्दै कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी लामो समयदेखि अनसनमा छिन् । पछिल्लो पटक गंगामाया शहीद दिवसका दिनदेखि वीर पतालमा आमरण अनसनमा छिन् । उनको अहिले आईसीयुमा राखेर उपचार भईरहेको छ ।

 

गंगामायाका पति नन्दप्रसाद अधिकारीको न्यायका लागि अनशन बसिरहेकै बेला २०७१ असोजमा वीर अस्पतालको शय्यामा मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमै छ ।

 

२०६१ साल जेठ २४ गते एसएलसी जाँच दिएपछि चितवन मावली हिँडेका  कृष्णप्रसाद अधिकारीलाई तत्कालिन माओवादी कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेका थिए ।

 

पछि उनका नेठा दाजु नुरप्रसाद अधिकारीले हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी दिएका थिए । हत्याका मुख्य आरोपी पौडेल हुन् भने अनुसन्धानबाट खुल्न आएका रुद्र आचार्य अहिले आयरल्याण्डमा छन् । गोली हान्ने आचार्य रहेको अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

  अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक