कृष्णप्रसाद अधिकारीका हत्या अाराेपित माओवादी कार्यकर्ता जेल चलान



 

माओवादी सशस्त्र युद्धका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकिारको हत्यामा संलग्न रहेकाे अाराेप लागेका तत्कालीन नेकपा माओवादीका कार्यकर्ता जेल चलान भएका छन् ।

 

फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्च अदालतमा उपस्थित भएका छन् । लगत्तै डिल्लीबजार कारागार चलान भएका छन् ।

 

माओवादी सशस्त्र युद्धका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकिारको हत्यामा संलग्न रहेकाे अाराेप लागेका तत्कालीन नेकपा माओवादीका कार्यकर्ता जेल चलान भएका छन् ।

कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका उनलाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१ धरौटीमा छाडेको थियो । तर, पुनरावेदन अदालतले त्यसलाई सदर गर्‍यो तर, सर्वोच्चले उक्त आदेशलाई बदर गरेको थियो ।

सर्वोच्चले ६ पुस २०७२ मा पुर्पक्षका लागि थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो ।

लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी छन् । यसअघि अनशनकै क्रममा उनका श्रीमान नन्दप्रसादको निधन भएको थियो ।

गंगामायाको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै अधिकारकर्मीहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै आएका थिए । त्यही क्रममा पौडेलले अदालतसामु आत्मसमर्पण गरेका हुन् ।

प्रकाशित मिति : २४ असार २०७५, आइतबार  १८ : ३२  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०