शुल्कवृद्धि गरेको आरोपमा विद्यार्थीले क्याम्पस प्रमुखसहित ५ जनालाई कार्यकक्षमै थुनेर रामधुलाई गरेपछि



हाम्रो इकोनोमि

 

शुल्कवृद्धि गरेको आरोपमा विद्यार्थीले क्याम्पस प्रमुखसहित ५ जनालाई कार्यकक्षमै थुनेर रामधुलाई गरका छन ।

तीन विद्यार्थी संगठनले विराटनगस्थित महेन्द्र मोरङ आर्दश क्याम्पसका क्याम्पस प्रमुखसहित पाँच जनालाई थुनेका छन् ।

शुल्कवृद्धि गरेको आरोपमा विद्यार्थीहरुले क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक क्याम्पस प्रमुखहरु मोहनकुमार श्रेष्ठ, ताराप्रसाद यादव, सुशील अधिकारी र सामान्य प्रशासन प्रमुख गुद्धरप्रसाद यादवलाई आइतबार आˆनै कार्यकक्षमा थुनिदिएका थिए ।

अनेरास्ववियु, अखिल क्रान्तिकारीका र नयाँ शक्ति नेपाल निकटको विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच जनालाई विहान १० बजेदेखि थुनेर बाहिरबाट ताल्चा लगाइदिएका छन् ।

क्याम्पस प्रसासनले मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन र ब्याचलर इन एडमिनिस्ट्रेसन विषयमा एक सेमेस्टरका लागि तिन हजारका दरले शुल्क वृद्धि गरेपछि विद्यार्थीका नेताहरुले क्याम्पस प्रमुख सहितका पदाधिकारीहरुलाई थुनेका हुन् ।

क्याम्पस प्रशासनले वृद्धि गरिएको शुल्क घटाउने सहमति नभएसम्म्ा ताल्चा नखोलिने एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता नवीन पहाडीले बताए ।

 

महेन्द्र मोरङ क्याम्पसमा १७ वटा विषयमा २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयले दिएको छात्रवृत्ति पनि क्याम्पसले नदिएको अरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...