पाँच लाख नेपाली कामदार मरिसस, पोर्चुगल र क्यानाडा पठाउने सरकारको तयारी, मासिक एकलाख भन्दा बढी तलव हुले



हाम्रो इकोनोमि

 

अफ्रिकी मुलुक मरिससले संस्थागत रुपमा नेपाली कामदार लैजान प्रस्ताव गरेको छ । श्रम तथा रोजगार मन्त्रालयसँग मोरिससले नेपालीका लागि उपयुक्त रोजगारी दिन सकिने भन्दै द्विपक्षीय समझदारी (एमओयू) गर्न प्रस्ताव गरेको हो ।

अहिले पनि मरिससमा व्यक्तिगत प्रयासमा नै नेपाली कामदार रोजगारीका लागि पुग्ने गरेका छन् । हाल नेपाली धेरै जाने मलेसिया र साउदीमा रोजगारीको संकट छ ।

त्यसैकारण सरकारले कामदारलाई श्रम गन्तब्यहरुमा विकल्प पनि दिन चाहेको छ । त्यसका लागि एक कार्यदलले काम गर्दै गर्दा मोरिससले सरकारी तहबाटै समझदारी गरेर कामदार लैजान इच्छा देखाएको हो ।

उसले वर्षमा कतिसम्म कामदार लैजाने भन्नेबारे जानकारी गराएको छैन । तर, वर्षमा २० हजारभन्दा बढी काकदार लैजान सकिने संकेत सो मुलुकले गरेको छ ।

मन्त्रालयका स्रोतकाअनुसार मरिससको अर्थतन्त्र, श्रम कानुन, हावापानी र न्यनतम् पारिश्रमिक लगायतका विषयमा अध्ययन गरेर मात्रै के गर्ने भन्ने टुंगो लगाइनेछ । कामदरको हितलाई केन्द्रविन्दुमा राखेर मात्रै निर्णय लिइने मन्त्रालयको भनाइ छ ।

मरिसस पछिल्लो सयमा कृषिमा आधारित अर्थ अर्थतन्त्रबाट औगोगिक, वित्तीय तथा पर्यटनमा आधारित हुने क्रममा छ । यहाँको अर्थतन्त्र मुख्य उखु, बगान, पर्यटन र कपडा तथा सेवा क्षेत्रमा निर्भर छ ।

उखु मात्रै ९० प्रतिशत कृषि योग्य भूमिमा लगाइन्छ । जसले कुल निर्यातको २५ प्रतिशत हिस्सा ओगट्छ ।  यहाँ ९ हजारभन्दा बढी अफशोर संस्था छन्, जसको उदेश्य भारत र दक्षिण अफि्रकासँग ब्यापार गर्नु हो ।

मरिसस अबको चार वर्ष भित्रै ड्युटी फ्रि द्विप बन्ने योजनामा छ । यहाँका धेरै उत्पादनमा कर नै लगाउने गरिएको छैन । यहाँ हिन्दी भाषा बोल्नेको संख्या पनि ठूलो छ । देशबारे अध्ययन गरेर तथा उचित वातावरण तयार गरेर मात्रै यसबारे निर्णय लिइने मन्त्रालय स्रोतले बतायो ।

पोचुर्गल र क्यानडा पनि छलफलमा

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अहिले पोर्चुगल र क्यानडासँग पनि नेपाली कामदारलाई अवसर दिनेबारे छलफल सुरु भएको छ ।

पोर्चुगलले सकारात्मक जवाफ दिएकाले केही समयभित्रै अर्को चरणमा छलफल गरेर टुंग्याउने योजना मन्त्रालयको छ ।

‘क्यानडासँग पनि हामी छलफलमा छौं,’ ती अधिकारीले भने,’२०२२पछि कतारमा पनि रोजगारीको अवस्था अहिले जस्तो रहँदैन । त्यसैले अहिलेदेखि नै राम्रो वैकल्पिक श्रम गन्तब्य खोज्ने तयारी छ ।’

जापानले पनि थप कामदार लैजान चासो देखाएको छ । युरोपका विभिन्न गन्तब्यमाथि पनि मन्त्रालयले गठन गरेको कार्यदलले अध्ययन गरिरहेको छ ।

यी देशसाग पनि सरकारी स्तरमा एमअोयू गरेर काकदार पठाउन सकिने देखिएको छ । हाल व्यक्तिगत श्रम स्वीकृति लिएर नेपाली यि मुलुकमा कामका लािग पुगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...