डल्लु आवास क्षेत्रबाट ३१ लाखको सामान चोरेर भाग्ने २ जना पक्राउ



हाम्रो इकोनोमि

काठमाडौंको डल्लु स्थित आवास क्षेत्रमा रहेको सोनी श्रेष्ठको घरमा कोहि नभएको मौकामा ढोका फोडेर करिब ३१ लाख ३३ हजार मूल्य बराबरका धनमाल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् ।

चोरीमा संलग्न भारतको बिहार राज्य मोतिहारी जिल्ला स्थायी घर भएका करण पोदार र सुरज पोदारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

नेपालमा चोरी गर्नका लागि बिहारबाट समुह नै बनाएर ल्याएका पोदार द्वयले उपत्यकाका विभिन्न स्थानमा कवाडका सामान संकलन गर्ने बहाना बनाएर कोही नभएको मौकामा घरको झ्याल – ढोका फोडेर चोर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत शुक्रवार डल्लु स्थित सोनी श्रेष्ठको घरमा कोही नभएको मौकामा ताला फोडेर उनिहरुले नगद तथा सुनका गहना समेत गरि अन्दाजी ३१ लख ३३ हजार बराबरको धनमाल चोरी गरेको अपराध महाशाखाले जनाएको छ । शनिवार पक्राउ परेका करण र सुरजलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट ७२ हजार नेपाली रुपैयाँ, चोरी गर्दा प्रयोग हुने फलामको रड, हिराको औंठी, ६ तोला सुनका गहना, सोनी श्रेष्ठको स्थायी लेखा नम्बर कार्ड लगायतका अन्य गरगहना र केही परिमाणमा लागु औषध समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...