बाढीले भत्कायो पूर्व–पश्चिम राजमार्गको महुली पुल, यातायात एकतर्फी सञ्चालन



हाम्रो इकोनोमि

पूर्व–पश्चिम सडकअन्तर्गत पर्ने सप्तरीको महुली पुलको पश्चिमी भागको सडक भास्सिको चौथो दिन भत्किएको छ। अग्निसाइर कृष्णाशवरण गाउँपालिका–५ स्थित महुली पुलको करिब ५० मिटर खण्ड शनिबार साँझ भत्किएको हो।

 

पछिल्लो साता परेको लगातारको वर्षासँगै महुली खोलामा आएको बाढीले पुलको पश्चिममा चिरा परेको थियो। जमिनको सतह र पुलबाट करिब दुई फिटमुनिबाट बग्ने पानीले कटान गरेपछि चिरा परेको पुलको ५० मिटर खण्ड भत्किएको वडाअध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए।

 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका  अनुसार पुलको पश्चिम–उत्तरमा भत्किएको भए पनि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ।

 

पुलको बीच भागको सडक उत्तरतर्फ भत्किए पनि लहानस्थित सडक डिभिजन कार्यालयसँग समन्वय गरी तत्काल गर्न सकिने मर्मत गरिँदैछ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...