धेरै खर्च गरेर राज्यकोषको रकम दुरपयोग गर्न खोजेपछि उपकुलपतिको विदेश भ्रमणमा रोक, प्रहरीले समाएर प्रधनमन्त्रीलाई बुझायो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीको आदेशमा क्यानडाको भ्यानकुभरमा हुन लागेको विश्व संस्कृति सम्मेलनमा जान लागेका नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालाको यात्रा अन्तिम समयमा प्रहरी लगाएर रद्द गराइएको छ ।

डा. कोइरालालाई केही समय प्रहरी नियन्त्रणमा राखी अन्तिम समयमा यात्रा रद्द गराइएको हो । शनिबार बेलुका करिब ६ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगी चेक–इन गर्न लागेको अवस्थामा प्रहरीले सम्बन्धित एयरलाइन्स कम्पनीका कर्मचारीलाई डा. कोइरालाको चेक–इन नगर्न आदेश दिएको थियो ।

त्यस लगत्तै डा. कोइरालालाई डिआइजी कमल घर्तीले नियन्त्रणमा लिए र आफ्नै गाडीमा राखी प्रधानमन्त्री निवास बालुवाटार लगे, प्रधानमन्त्री तथा कुलपछि केपी ओलीको आदेशको हवाला दिँदै ।

‘मलाई एक घण्टासम्म कुराइयो । डिआइजी बिदा भए । र पछि प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवरले, आज प्रधानमन्त्री व्यस्त भएकोले भोलि ३ बजे मात्रै भेट सम्भव हुन्छ, भन्ने जानकारी दिनुभयो’ डा. कोइरालाले ‘मलाई अपराधीको व्यवहार गरियो । र अपमानित गरियो ।’

बेलुका ८ बजेको उडानमा उनको बुकिङ्ग रद्द गरिएपछि उनलाई सामान लिन आउनु भनियो र यसरी प्रधानमन्त्रीको प्रत्यक्ष हस्तक्षेपमा विमानस्थलबाटै एउटा प्राज्ञको आधिकारिक यात्रा सरकारी अपहरणको शैलीमा टुंगियो ।

१७ औँ विश्व संस्कृति सम्मेलनमा सहभागिताका लागि शिक्षा मन्त्रालयले गएको पुसमा नै अनुमोदन गर्दै ३५ लाख बजेट छुट्याएको थियो ।

ओली सरकार आएपछि अर्थ मन्त्रालयबाट त्यो रकम धेरै भएको र त्यसलाई १० लाख गर्ने मौखिक जनाउ दिए पनि औपचारिकता दिइएको थिएन ।

सन् २०२४ मा नेपालले १९ औँ विश्व संस्कृति सम्मेलनको आयोजना गर्दैछ । अहिलेको यो सम्मेलनमा त्यसको तयारी बारे पनि केही छलफल गर्ने एजेण्डा भएको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...