सुर्खेतमा विद्यार्थी र प्रहरीबीच झडप, दुई विद्यार्थी आइसियुमा



हाम्रो इकोनोमि

 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। सात बुँदे माग राख्दै आमरण अनशन बसेका विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर हुँदासमेत पदाधिकारीले चासो नदिएको भन्दै विद्यार्थीले नाराबाजीसहित अर्धनग्न प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो।

 

विद्यार्थीको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दा एक दर्जन बढी विद्यार्थी घाइते भएका छन्। विश्वविद्यालय परिसरमा हतियारसहित पुगेका प्रहरीले आन्दोलित विद्यार्थीमाथि लाठी प्रहार गरेका हुन्। विश्वविद्यालयका पदाधिकारीले प्रहरी लगाएर दमन गरी आन्दोलनलाई दबाउन खोजेको  विद्यार्थीको आरोप छ।

 

त्यस्तै चार दिनदेखि आमरण अनशन बसेका तीन जनामध्ये रतनकुमार शर्मा र रोशन बस्नेतको स्वास्थ्य अवस्था नाजुक भएपछि आइसियुमा राखिएको छ। दुवैजनाको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा आइसियुमा राखेर उपचार भइरहेको छ। इन्जिनियरिङ संकायका विद्यार्थीहरू रतनकुमार शर्मा, मिलन बिसी र रोशन बस्नेत आमरण अनशनमा बसेका छन् ।

 

इन्जिनियरिङ संकायलाई स्वायत्त बनाउनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गराउनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षाहरू पूर्णरूपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्णछात्रवृत्ति उपलब्ध गराउनुपर्ने, लाइबेरीमा प्रयाप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइबेरीको व्यवस्था गराउनुपर्ने र सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्था गर्नुपर्ने माग राखेर विद्यार्थी अन्दोलित बनेका हुन्।

 

असार ५ देखि आन्दोलनरत विद्यार्थीले आमरण अनशन थालेको चौथौ दिन पुगे पनि विश्वविद्यालयका पदाधिकारीले चासो नदिएको विद्यार्थीले आरोप लगाएका छन्। आफ्ना माग क्याम्पस प्रशासनलाई राख्दा पनि बेवास्ता गरी वार्ता नै नगरेको विद्यार्थीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...