सांसदले हानेको झापड काण्ड सिंहदरवार पुग्यो, अनि भयो यस्तो लफडा



हाम्रो इकोनोमि

 

प्रदेश २ मा सांसदले सांसदलाई नै हानेको झापड काण्ड विवाद सिंहदरवारसम्म पुगको छ ।

जेठ २२ गते एक विवादपछि  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद मञ्जु यादवले सो दलका अर्का सांसद किशोरी साहलाई झापड हानेकी थिइन् ।

सो विवाद नेकपाको केन्द्रीय समितिको बैठकदेखि स्थायी समितिको बैठकसम्म पुगेको थियो । तर, त्यसको कही सुनुवाई नभएपछि किशोरी साह पक्षले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कारवाहीको माग गरेको हो ।

साह पक्षले सांसद यादवमाथि  कारवाहीको माग गर्दै आएका छन् ।  सांसद यादवलाई पार्टी तथा प्रदेश सभा सदस्यबाट हटाउनुपर्ने उनीहरुको माग गरेको छ ।

पार्टीका स्थायी समिति सदस्य एवंं प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डल पनि यस घटनामा मुछिएका छन् ।

यता मञ्जु यादवले भने सत्यनारायण मण्डलको उक्साहटमा किशोरी साहले आफूलाई अपशब्द प्रयोग गरेको आरोप लगाउँदै आएकी छन् ।

त्यस विषयलाई लिएर सत्यनाराण र मञ्जुबीच पनि भनाभन भएको थियो । सत्यनारायण मण्डलले मञ्जुलाई कारवाही गर्नुपर्ने केन्द्रसम्म दवाव दिएको एक नेताले जानकारी दिए ।

स्रोत भन्छ, ‘मञ्जु र किशोरी बीचको झगडा सत्यनारायण मण्डलले आफ्नो टाउकोमा लिएका छन् । किशोरीले मतलब नराखे पनि मण्डलले केन्द्रसम्म यस विषयलाई उचालेका छन् । यहाँसम्म कि मञ्जुलाई कारवाही नभए आफूले नै पार्टी छाड्नेसम्मको चेतावनी दिएका छन् ।’

मञ्जुलाई कारवाही गर्नुपर्ने भन्दै प्रदेश सभाका सांसदहरुको हस्ताक्षर समेत संकलन गरिएको बताइएको  छ । संकलित हस्ताक्षरसहितको एउटा ज्ञापनपत्र पनि प्रधानमन्त्री अ‍ोलीलाई दिइने स्रोतले जनाएको छ ।
यसविषयमा  किशोरीलाई रातोपाटीले सम्पर्क गर्दा मञ्जु यादवलाई कारवाही हुने कुरामा आफू विश्वस्त रहेको तर कहिले हुन्छ भन्न नसकिने प्रतिकृया दिए ।

प्रतिक्रिया दिनुहोस
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...