जबर्जस्ती करणीपछि हत्या, ५ जना पक्राउ, यस्तो बयान दिए अपराधीले



हाम्रो इकोनोमि

 

जबर्जस्ती करणीपछि हत्या अभियोगमा प्रहरीले कैलालीमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटी रहेका छन् ।

 

उनीहरुमध्ये गणेश बडुवाल र मनोज बोगटी मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । मृतक विक असार ५ गतेदेखि गौरीगंगा नगरपालिकाकी सामाजिक परिचालक थिइन् । हत्या आरोपित बडुवाल र सुरज चौधरीसमेत सोही पदमा कार्यरत थिए ।

 

गएको असार १२ गतेदेखि हराएकी कैलाली गौरीगंगा नगरपालिका ११ कि २१ वर्षकी माया विक असार १५ गते मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव चपरथली सामुदायिक वनभित्र जबर्जस्ती करणीपछि हत्या भएको अवस्थामा भेटिएको कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।

 

उनको हात पछाडि लगेर सुरुवालले बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असार १२ गते काम सकेर फर्कने क्रममा जंगलको बीचमा पुगेपछि बडुवाल र चौधरीले मायालाई जबर्जस्ती गर्दै जंगल भित्र लगेका थिए ।

 

त्यहाँ पहिले नै पुगेका बोगटीद्वय र खातीले पालैपालो बलात्कार गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । मायाको मृत्यु भएपछि लास त्यही छोडेर भागेका थिए । आफन्तले माया हराएको भन्दै असार १४ गते प्रहरीलाई निबेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...