जबर्जस्ती करणीपछि हत्या, ५ जना पक्राउ, यस्तो बयान दिए अपराधीले



हाम्रो इकोनोमि

 

जबर्जस्ती करणीपछि हत्या अभियोगमा प्रहरीले कैलालीमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटी रहेका छन् ।

 

उनीहरुमध्ये गणेश बडुवाल र मनोज बोगटी मुख्य योजनाकार रहेको प्रहरीले बताएको छ । मृतक विक असार ५ गतेदेखि गौरीगंगा नगरपालिकाकी सामाजिक परिचालक थिइन् । हत्या आरोपित बडुवाल र सुरज चौधरीसमेत सोही पदमा कार्यरत थिए ।

 

गएको असार १२ गतेदेखि हराएकी कैलाली गौरीगंगा नगरपालिका ११ कि २१ वर्षकी माया विक असार १५ गते मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव चपरथली सामुदायिक वनभित्र जबर्जस्ती करणीपछि हत्या भएको अवस्थामा भेटिएको कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।

 

उनको हात पछाडि लगेर सुरुवालले बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार असार १२ गते काम सकेर फर्कने क्रममा जंगलको बीचमा पुगेपछि बडुवाल र चौधरीले मायालाई जबर्जस्ती गर्दै जंगल भित्र लगेका थिए ।

 

त्यहाँ पहिले नै पुगेका बोगटीद्वय र खातीले पालैपालो बलात्कार गरेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । मायाको मृत्यु भएपछि लास त्यही छोडेर भागेका थिए । आफन्तले माया हराएको भन्दै असार १४ गते प्रहरीलाई निबेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...