तोकिएका स्थानमा विरोध प्रदर्शनमा रोकविरुद्ध रिट निवेदन



सर्वोच्च अदालतमा केही सार्वजनिकस्थलमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौँ जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै आज रिट निवेदन दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई आज दायर गरिएको रिट निवेदनमा मौलिक हक एवं स्वतन्त्रता निस्तेज तथा निष्प्रभावी हुने गरी गैरकानूनी निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भनी उत्प्रेषणको आदेशको माग गरिएको छ ।

काठमाडौँ जिल्लाको सुरक्षालाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले २०७४ चैत ३० गतेदेखि शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन, नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास र काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने निर्णय गरेको थियो ।

विरोध प्रदर्शनका लागि ती स्थानको विकल्पमा सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल भनेर खुलामञ्च, तीनकुने खुला चौर, कोटेश्वर, भुइँखेल चौर, भगवान् पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुला चौर र गौशालास्थित सिफल चौर तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
छविलाल जोशी धरौटीमा रिहा

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी धरौटीमा रिहा भएका छन्

राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

    चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने

भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति, हेर्नुहोस नामसहित

    नेकपा एमालेबाट निष्कासन भएपछि भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानलाई