सशस्त्र प्रहरीका पाँच एआईजीले दिए सामूहिक राजीनामा



ओली मन्त्रिपरिषद्को बुधबार मध्यरातको निर्णयले देउबा सरकारले पछिल्लो सात महिनामा गरेका नियुक्ति  खारेज गरेपछि दबाबमा देखिएका  सशस्त्र प्रहरी बल-एपिएफका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)ले सामूहिक राजीनामा दिएका छन्।

एआईजीहरु जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजिनामा दिएका हुन्।

उनीहरुले दर्जाबहाली भएको करिब ६ महिनापछि सामूहिक राजिनामा बुझाएका हुन्। उनिहरुको राजिनामा पत्र गृहमन्त्रालयमा आईपुगेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते पाँच डीआईजीलाई एआईजीमा बढुवा गरेको थियो। उनीहरु सबै जिम्मेवारीविहिन थिए।

प्रदेश प्रमुख एआईजी बनाउने तयारीस्वरुप उनिहरुलाई बढुवा गरिएपनि त्यहाँ डीआईजी राख्ने निर्णय भएपछि पाँचै जना कामबिहिन थिए। उनिहरुलाई फाजिलमा राखिएको थियो। सरकारले सशस्त्र प्रहरीमा दुई जनामात्र एआईजी राख्ने निर्णय गरिसकेको छ।

सरकारले बुधबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका  राजनितिक निर्णय खारेज गरेको थियो।

प्रकाशित मिति : २१ असार २०७५, बिहिबार  १७ : ४१  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०