सशस्त्र प्रहरीका पाँच एआईजीले दिए सामूहिक राजीनामा



हाम्रो इकोनोमि

ओली मन्त्रिपरिषद्को बुधबार मध्यरातको निर्णयले देउबा सरकारले पछिल्लो सात महिनामा गरेका नियुक्ति  खारेज गरेपछि दबाबमा देखिएका  सशस्त्र प्रहरी बल-एपिएफका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)ले सामूहिक राजीनामा दिएका छन्।

एआईजीहरु जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजिनामा दिएका हुन्।

उनीहरुले दर्जाबहाली भएको करिब ६ महिनापछि सामूहिक राजिनामा बुझाएका हुन्। उनिहरुको राजिनामा पत्र गृहमन्त्रालयमा आईपुगेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते पाँच डीआईजीलाई एआईजीमा बढुवा गरेको थियो। उनीहरु सबै जिम्मेवारीविहिन थिए।

प्रदेश प्रमुख एआईजी बनाउने तयारीस्वरुप उनिहरुलाई बढुवा गरिएपनि त्यहाँ डीआईजी राख्ने निर्णय भएपछि पाँचै जना कामबिहिन थिए। उनिहरुलाई फाजिलमा राखिएको थियो। सरकारले सशस्त्र प्रहरीमा दुई जनामात्र एआईजी राख्ने निर्णय गरिसकेको छ।

सरकारले बुधबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका  राजनितिक निर्णय खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस
आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...