दस करोडको धुलो दूध आयात



हाम्रो इकोनोमि

प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध तेस्रो मुलुकबाट आयात भएको छ ।

प्रदेश नं १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका अनुसार विराटनगर भन्सार कार्यालयले चालु आवको जेठ महिनासम्ममा उक्त परिमाणको धुलो दूध आयात गरिएको हो ।

चालु आवको जेठ महिनासम्ममा आयात गरिएको धुलो दूधबाट ३६ लाख ८६ हजार लिटर दूध उत्पादन हुनसक्छ । एककिलो ग्राम धुलो दूधबाट १२ लिटर दूध उत्पादन गर्न सकिन्छ । निजी डेरीले धुलो दूध प्रयोग गर्दा किसान समस्यामा परेका मन्त्रालयका उपसचिव डा अशोक सिंहले बताउनुभयो ।

धुलो दूधबाट दूध बनाउँदा स्वास्थ्यमा असर नपर्ने र धुलो दूध तथा गाईभैँसीको दूध छुट्याउन नसकिने पूर्वाञ्चल खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइराला बताउनुहुन्छ । अहिले सिरहा, सप्तरीलगायत पूर्वाञ्चलका जिल्लामा निजी डेरीले बिक्री गर्ने गरेको दूधको जाँच र अनुगमन शुरु गरिएको छ ।

गुणस्तरहीन दूध उत्पादन गर्ने ६ वटा व्यावसायिक फर्ममाथि मुद्दा दायर गर्ने तयारी भइरहेको कोइरालाले बताउनुभयो । प्रदेशका किसानले उत्पादन गरेको दैनिक रु एक करोड मूल्य बराबरको दूध बिक्री हुन नसकेको डा सिंहले बताउनुभयो । किसानले उत्पादन गरेको दुई लाख ८५ हजार लिटरभन्दा बढी दूधले बजार पाउन सकेको छैन ।

आर्थिक वर्ष २०७२÷७३ मा भन्दा आव २०७३÷७४ मा प्रदेशको दूध उत्पादन चार प्रतिशतले वृद्धि भएको उक्त मन्त्रालयको पशुपक्षी विकास महाशाखाले जनाएको छ । आव २०७३÷७४ मा ५४ करोड ९७ हजार लिटर दूध उत्पादन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...