श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु, यसरी जाकिए प्रहरीको खोरमा



हाम्रो इकोनोमि

बुधबार राति ९ बजे लम्किचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ३२ वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएपछि इन्द्र चौधरीले छिमेकीहरुलाई आफ्नी श्रीमती रक्सी सेवन गरेर घर छेउको सडकमा लड्दा मृत्यु भएको जानकारी दिएका थिए ।

विहीबार विहान वडाअध्यक्षले जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेेको थियो । घटना शंकास्पद लागेपछि इन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनले मृतकका छोराछोरीसंग बुझ्दा गएराति बाबुले रक्सी खाई आमालाई कुटपिट गरेको बताएका प्रहरी उपरीक्षक घिमिरेले बताए ।

लौरोले हिर्काएको बताए पनि घाउचोट हेर्दा धारिलो हतियार प्रयोग भएको हुन सक्ने देखिएको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...