अपाङ्गताको सवालमा राष्ट्रिय सम्मेलन



हाम्रो इकोनोमि

नेपाल सरकार, यूनिसेफ, यूके यड,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको संयुक्त आयोजनामा अपाङ्गताको सवालको विषयमा एक दिने राष्ट्रिय सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ ।

नेपालमा अपाङ्गता समावेशी समाजको लागि सहकार्य शीर्षकमा गरिएको उक्त सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले पानसमा दिप प्रज्वलन गरेर गर्नु भयो ।

उक्त सम्मेलन जुलाई २४ तारिकमा लण्डनमा हुने विश्व अपाङ्गता शिखर सम्मेलनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि उठाउनु पर्ने सवालहरु जस्तै ऐन कानूनी तथा व्यवहारिक विभेद हटउन, समावेशी शिक्षा कार्यन्वयन गर्न, अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक विकास तथा समृद्धिका लागि र अपाङ्गता भएका व्यक्तिको प्रविधिमा पहुँच र उपयोग गराउने उदेश्यले पूर्व तयारीका लागि नेपालमा आयोजना गरिएको हो ।

सो कार्यक्रमकी प्रमुख अतिथि तथा महिला बालालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले यो सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल सरकारले सधै अपाङ्गताका सवाललार्य प्राथामिकता दिएर काम गर्ने बताउनु भयो । यसै क्रममा डि।एफ।आइ।डि।नेपालका प्रमुख रुरिक मार्सडेनले नेपालमा यो पूर्व तयारीको लागि राष्ट्रिय सम्मेलन गर्नुको उदेश्य अपाङ्गता भएका व्यक्तिहरु प्रतिको नकारात्मक धारणालाई अन्त्य गरी उनीहरुको अधिकारलाई सुरक्षित स्थान प्रदान कामको भएको बताउनु भयो ।

सोही क्रममा नेपाल स्थित संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमका आवासिय संयोजक भ्यालोरी जुलियनले नेपालले अपाङ्गताको क्षेत्रमा गरेका कार्यहरु प्रति विश्वको ध्यान केन्द्रित हुनु पर्ने बतउनु भयो भने उक्त कार्यक्रममा महिला बालालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव वीर बहादुर राईले अपाङ्गताका सवालहरुलाई सबै निकाहरुले समावेश गरेर काम गर्न जरुरी रहेको बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले दिगो विकासका लक्ष्यमा अपाङ्गताको सवाललाई समावेश गरेर काम गर्नु पर्ने बताउनु भयो । सो राष्ट्रिय सम्मेलनमा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले युवा महिला, बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालय रहदा अपाङ्गताको नामलाई उच्चारण गर्ने मन्त्रालय नभएकोमा दुःख व्यक्त गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री मोदी र रवि लामिछानेबीच भेटवार्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र...

कुनै हालतमा अध्यक्ष नछाड्ने ओलीको घोषणा

    एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल...

प्रधानमन्त्रीले देशद्रोही कुरा गरे, खरानी उठाएर लैजा सरकार : ओली

        एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट...

यसरी पार्टी चल्दैन, पुनर्गठन गर्नैपर्छ : विष्णु पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने निष्कर्ष...