चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ ।

 

वर्षातमा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी बन्द गरेको हो ।

 

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पछिल्लो समय पर्यटक बोकेका जिप बाटोमा फसेर उद्धारसमेत गर्नुपर्ने भएपछि असार १५ गतेदेखि बन्द गरिएको हो ।

 

जगली जनावर नदेखिँदा निकुञ्जका बारेमा गलत सन्देश नजाओस् भनेर पनि यतिबेला सफारी बन्द गरिएको आर्यालले बताए । गत वर्षमा पनि यो समयमा जिप सफारी बन्द गरिँदै आएको थियो ।

 

चितवनको सौराहाबाट दैनिक ४३ वटा, कसराबाट १०, मेघौलीबाट सात र नवलपुरको अमलटाँरीबाट पाँचवटा जिपले पर्यटक सफारी गराउने गरेका थिए । बन्द भएको जिप सफारी असोजको दोस्रो सातादेखि पुनः सुरु हुने अर्यालले बताए ।

 

भदौको अन्तिम साता मनसुन सकिएपछि झाडी फाँड्ने, भत्किएको बाटो मर्मत गर्ने, पुल मर्मत गर्ने, ढलेका रुख उठाउनेलगायतका काम गरेर पुनः जिप सञ्चालन गरिने उनले बताए ।

 

जिप सफारीबाट निकुञ्जले हरेक वर्ष करोडौँ रकम आम्दानी गर्दै आएको छ । गत जेठसम्ममा जिप सफारीबाट रु तीन करोड १७ लाख आम्दानी भएको निकुञ्जले जनाएको छ ।

 

जिप चढेर निकुञ्जको अवलोकन गर्न पर्यटक रुचाउँछन् । प्रत्यक्ष रुपमा दुर्लभ वन्यजन्तु देख्न पाइने भएकाले जिप सफारी प्रभावकारी मानिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...