बेलायतको स्वतन्त्र हिन्दू धर्मको स्वामीनारायण स्कुल बन्द, चल्यो हिन्दू विद्यालय बचाउने अभियान



हाम्रो इकोनोमि

 

बेलायतको स्वतन्त्र हिन्दू धर्मको स्वामीनारायण स्कुल बन्द हुनबाट रोक्नका लागि हस्ताक्षर अभियान चलेको छ । हजारौं मानिसहरुले एक चेन्ज अर्गनाइजेसनमा हस्ताक्षर अभियान सुरु गरेका छन् ।

 

सन् १९९२ मा स्थापना भएको स्कुल सञ्चालन गर्ने संस्था अक्षर एजुकेसन ट्रस्टले सन् २०२० सम्म पूर्णरुपमा यसबाट बाहिरिने भन्दै स्कुल बन्द गर्ने घोषणा गरेको थियो ।

 

स्कुलमा अध्ययन गरिरहेका विद्यार्थीहरुका अभिभावकहरुले स्कुल बन्द हुनबाट रोक्न ‘उत्कृष्टताको स्कुल’ नामको एक अभियान सुरु गरेका हुन् ।

 

अभिभावकहरुले स्कुललाई लेखेको पत्रमा स्कुल बन्द गर्नुको कारणमा नियमकहरु थप गर्नुपर्ने अवस्था, नियुक्तिमा समस्या तथा प्राध्यापकहरु बचाएर राख्ने समस्यालगायतका कुराहरु उल्लेख गरिएको र यो ठिक नभएको बताएका छन् ।

अघिल्लो सातासम्मको अवधिमा यो अभियानलाई समर्थन गर्दै ३५ सय हस्ताक्षर पुगिसकेको छ । यो संख्यामा थप वृद्धि हुने अनुमान गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...