देउवा सरकारका पालामा बढुवा भएका सशस्त्र प्रहरीका ५ एआइजीको जागिर चट्



हाम्रो इकोनोमि

 

शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने भएको छ । अब उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको छ ।

 

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै त्यसको प्रभावस्वरुप सशस्त्रका ५ एआइजीको जागिर चट् हुने निश्चित भएको क्याबिनेट बैठकमा सहभागी एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

 

त्यसरी निर्णय बदरमा पर्ने सशस्त्रका ५ एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् ।

 

उनीहरुलाई गत माघ ७ गते तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा एकसाथ बढुवा गरेको थियो ।

 

सशस्त्र प्रहरी हेडक्वार्टर सूत्रले भने उनीहरु नियमित प्रक्रिया अन्तरगत बढुवा भएको बताएको छ ।

 

यसैवीच केही दिनअघि गृहमन्त्री प्रेमबहादुर राईले केही एआइजीलाई मन्त्रालयमा बोलाएर सरकारी एक्सनको संकेत दिएका थिए ।

 

सचिव राईले पाँच एआएजीहरुले राजीनामा दिने ओ भने विशिष्ट श्रेणीले पाउने सुविधा प्राप्त गर्ने भन्दै अन्यथा सरकारले निर्णय बदर गरेको खण्डमा डीआइजीकै हैसियतमा विदा लिनुपर्ने चेतावनी एआइजीहरुलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...