मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु , गौहत्या गर्ने चार जना पक्राउ



कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको हो ।

 

खराब मौसमका कारण सयौं अलपत्र छन् । नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ ।

गौहत्या गर्ने चार जना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा गौहत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आप्mनै घरमा गौहत्या गरेका मोहम्मद इलियास जोलाहा, उनकी श्रीमती गुडी जोलाहा, छोरा सदाम जोलाहा र भतिजा अकब अली जोलाहालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि गौहत्यासम्बन्धी मुद्दा चलाइने बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए ।

एसईईमा लापरबाही

 

एसईई परीक्षामा सामाजिक विषयमा सैद्धान्तिकतर्फ ग्रेड ‘ए’ अर्थात् ६५ अंक ल्याएकी विराटनगरकी एक छात्रालाई प्रयोगात्मकमा ‘ए प्लस’ अर्थात् २५ नम्बर दिइएको छ ।

 

सोही विषयको सैद्धान्तिक परीक्षामा ग्रेड ‘ई’ अर्थात् २० भन्दा कम अंक प्राप्त गर्ने धनकुटाका अर्का परीक्षार्थीलाई पनि प्रयोगात्मकमा २५ मा २५ नम्बर अर्थात् ‘ए प्लस’ ग्रेड दिइएको छ ।

बाढीेबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई तत्काल ५० हजार

बा

 

ढीपहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं २ को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
केही दिनयताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं २ मा हालसम्म दुई जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

 

चौध सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

 

प्रतिनिधिसभाको बुधबारको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखापरीक्षण विधेयक, २०७५’ प्रस्तुत गरे । प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते दिनको १ बजे बस्ने छ ।

तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकबाट पारित भई पेश हुन आएका तीन विधेयकको प्रमाणीकरण गर्नुभएको छ ।

 

राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।

पुनःनिर्माण लाभग्राहीको संख्या ८ लाख माथि

 

भूकम्पपछिको पुनःनिर्माण लाभग्राही आठ लाख सात हजार ४८६ र प्रवलीकरण लाभग्राहीको संख्या ५२ हजार ५४ पुगेको छ । गुनासोबाट थप १९ हजार ४७१ लाभग्राही थपिएसँगै कुल पुनःनिर्माण गर्नुपर्ने घरधुरीको संख्या आठ लाख नाघेको हो ।

 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको विश्लेषण र गुनासो सुनुवाइ गरी थप ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ ।
प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको विश्लेषण गरी भूकम्प अति प्रभावित ११ जिल्लाका ६२ वटा स्थानीय तहका थप १९ हजार ४७१ घरपरिवारलाई पुनःनिर्माण लाभग्राही सूचीमा समावेश गर्यो ।

सुबिधा उपलब्ध गराउने मन्त्रिपरिषदको निर्णय

प्रदेश ४ को सरकारले सांसदहरुलाई यातायात सुबिधा उपलब्ध गराउने भएको छ । पोखरामा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश ४ का सांसदलाई प्रदेशसभा बैठक बस्ने दिन साढे ७ सय रुपैयाँ यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

यसअघि सांसदहरुलाई मासिक तलब ४५ हजार रुपैयाँ र प्रति बैठक भत्ता ७ सय ५० रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जमानतमा रिहा भएका छन् । उनलाई भ्रष्टाचारको आरोपमा मंगलबार पक्राउ गरिएको थियो । उनलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा त्यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको बताएका थिए ।

निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय रजाकविरुद्ध बुधबार सोही अभियोग दर्ता गरिने भएको छ ।

प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद

 

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकूद बिहीबारदेखि शुरु हुँदैछ । प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी चार खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत शारङ्गीन निरौलाले जानकारी दिए ।

भलिबलमा दुई, ब्याडमिन्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । अधिकृत निरौलाका अनुसार तीनदिने प्रतियोगितामा आठ विश्वविद्यालयबाट २५६ खेलाडी सहभागी हुनेछन् ।

 

सैद्धान्तिक ७५ र प्रयोगात्मक २५ गरी १०० पूर्णाङ्कको सामाजिक विषयको परीक्षाको यो एउटा उदाहरण मात्रै हो । परीक्षा नियन्त्रण कार्यालयसँग शिक्षकहरूले परीक्षार्थीलाई हचुवाका भरमा प्रयोगात्मकमा जथाभावी नम्बर दिएका हजारौं प्रमाण छन् ।

 

प्रयोगात्मक परीक्षा भएका विषयमा लापरबाहीपूर्ण तरिकाले शिक्षकहरूले नम्बर दिएका हुन् । ‘सैद्धान्तिकतर्फ १० नम्बर ल्याउने विद्यार्थीलाई प्रयोगात्मकमा पूर्णाङ्ककै नम्बर दिएको पनि भेटियो,’ कार्यालयका प्रवक्ता डिल्ली लुइँटेलले भने ।

 

कार्यालयले यस वर्षबाट गणितबाहेक सबै ७ वटा विषयमा प्रयोगात्मक परीक्षा पनि लिएको थियो । शिक्षकहरूले भने सैद्धान्तिकतर्फ न्यूनतम ग्रेड पनि प्राप्त नगरेका विद्यार्थीलाई प्रयोगात्मकतर्फ पूर्णाङ्क नम्बर ‘ए प्लस’ ग्रेड दिएका छन् । प्रयोगात्मक परीक्षामा अधिकांश विद्यार्थीलाई ए प्लस, ए, बी प्लस र बी ग्रेड दिइएको भेटिएको हो ।, कान्तिपुरमा खबर छ ।

नेकपाको स्थायी समिति बैठक आज

 

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले बिहीबार बस्ने स्थायी समिति बैठकका एजेन्डा तय गरेको हो ।

 

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठक बिहीबार अपरान्ह ३ बजेका लागि तय गरिएको जानकारी दिँदै बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले रिपोर्टिङ गर्ने छन् ।

कांग्रेसले निषेधाज्ञा अवज्ञा गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले विभिन्न स्थानमा लगाएको निषेधाज्ञाको अवज्ञा गर्ने निर्णय गरेको छ । सरकारले शान्तिपूर्ण रूपमा भेला भई विचार राख्ने जनअधिकार कुण्ठित गरेको भन्दै कांग्रेस संसदीय दलले यस्तो निर्णय गरेको हो ।

 

पार्टी संसदीय दलले निर्णय लिएलगत्तै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा नेविसंघमा आबद्ध विद्यार्थीको समूहले माइतीघरस्थित मण्डला पुगेर निषेधाज्ञाको अवज्ञा गरेका छज् ।
कांग्रेसको मंगलबार बसेको शीर्ष बैठकले पनि सरकारले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने निर्णय लिएको थियो ।

प्रदेश विनियोजन विधेयक २०७५ बहुमतले पारित 

 

प्रदेश नं. ५ मा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) बहुमतले पारित भएको छ ।
विधेयकमा विपक्षी दल नेपाली काँग्रेसले असहमति जनाएको छ । विधेयक पाससँगै प्रदेश सरकारलाई बजेट कार्यान्वयन गर्न बाटो खुला भएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजा जिग्मेबीच भेट

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजा जिग्मे खेसर नाम्गेल

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य