डा केसीलाई हेलिकप्टरमा हालेर आजै काठमाडौं ल्याउने, डाक्टरको उपचार सरकारले गर्ने



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थावारे सरकार गम्भीर रहेको बताएका छन् । डा. केसीले चाहेमा काठमाडौं ल्याउन हेलिकप्टर तयारी अवस्थामा रहेको र उनको उपचारका लागि चिकित्सक पठाउन तयार रहेको उनले बताए ।

 

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूको प्रश्नको जवाफमा गृहमन्त्री थापाले डा. केसीको स्वास्थ्य उपचारकाका लागि सदनले आदेश दिए काठमाडौं ल्याउन पनि तयार रहेको बताएका हुन् ।

 

‘सरकारले डा. केसीलाई स्वास्थ्य परीक्षणका लागि रोकिरहेको भन्ने कुरा शत प्रतिशत झुटो कुरा हो । उहाँको स्वास्थप्रति हामी गम्भीर छौं । हामी त चाहान्छौं, उहाँलाई काठमाडौं ल्याएर उपचार गर्छौं’ गृहमन्त्री थापाले भने, ‘उहाँले आफ्ना डाक्टरको समेत उपचार लिन मान्नु भएन ।

 

उहाँको अनशन व्यवस्थित होस्, सुविधाजनक ढंगले आफ्ना माग उठाउन पाउन भनेर आवश्यक सामाग्री जुटाइदिन कोशिस गरेका हौं ।  तर आफ्नै डाक्टरको पनि उपचार लिन मान्नुभएन ।’

गृहमन्त्री थापाले केसीको उपचारका लागि काठमाडौं ल्याउनु परेमा हेलिकप्टर तयारी अवस्थामा राखिएको बताए ।

 

‘यो सदनलाई स्पष्ट गर्न चाहान्छौं, जवरजस्ती ल्याउने हो भने सदनले आदेश दिनुपर्‍यो त्यसो गरौं भनेपनि मानव अधिकार र लोकतन्त्रको हनन हुन्छ,’ गृहमन्त्री थापाले भने, ‘उहाँलाई काठमाडौं ल्याएर उपचार गर्नुपरेमा हेलिकप्टर ठीक पारेर राखेका छौँ, तर उहाँको हठ छ, जिद् छ । अनशन गरेकै ठाउँमा उपचार गर्नुपर्ने भए डाक्टर ठीक पारेर राखेका छौँ ।’

 

मन्त्री थापाले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र अनशन गर्न रोकेको स्वीकारे । ‘संवेदनशील क्षेत्रमा अनशन गर्दा काममा खलल पर्ने भएकोले रोकिएको हो । सहमति पछि उहाँ कभर्ड हलमा बस्नुभएको छ,’ उनले भने ।

 

त्यसअघि नेपाली कांग्रेसका सांसद दीलेन्द्र बडूले डा. केसीको स्वास्थ्य जोखिम पर्दै गएको भन्दै उनका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

सरकारको हठका कारण केसीलाइ मृत्युवरणतर्फ धकेल्न लागेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...