डा केसीलाई हेलिकप्टरमा हालेर आजै काठमाडौं ल्याउने, डाक्टरको उपचार सरकारले गर्ने



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थावारे सरकार गम्भीर रहेको बताएका छन् । डा. केसीले चाहेमा काठमाडौं ल्याउन हेलिकप्टर तयारी अवस्थामा रहेको र उनको उपचारका लागि चिकित्सक पठाउन तयार रहेको उनले बताए ।

 

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूको प्रश्नको जवाफमा गृहमन्त्री थापाले डा. केसीको स्वास्थ्य उपचारकाका लागि सदनले आदेश दिए काठमाडौं ल्याउन पनि तयार रहेको बताएका हुन् ।

 

‘सरकारले डा. केसीलाई स्वास्थ्य परीक्षणका लागि रोकिरहेको भन्ने कुरा शत प्रतिशत झुटो कुरा हो । उहाँको स्वास्थप्रति हामी गम्भीर छौं । हामी त चाहान्छौं, उहाँलाई काठमाडौं ल्याएर उपचार गर्छौं’ गृहमन्त्री थापाले भने, ‘उहाँले आफ्ना डाक्टरको समेत उपचार लिन मान्नु भएन ।

 

उहाँको अनशन व्यवस्थित होस्, सुविधाजनक ढंगले आफ्ना माग उठाउन पाउन भनेर आवश्यक सामाग्री जुटाइदिन कोशिस गरेका हौं ।  तर आफ्नै डाक्टरको पनि उपचार लिन मान्नुभएन ।’

गृहमन्त्री थापाले केसीको उपचारका लागि काठमाडौं ल्याउनु परेमा हेलिकप्टर तयारी अवस्थामा राखिएको बताए ।

 

‘यो सदनलाई स्पष्ट गर्न चाहान्छौं, जवरजस्ती ल्याउने हो भने सदनले आदेश दिनुपर्‍यो त्यसो गरौं भनेपनि मानव अधिकार र लोकतन्त्रको हनन हुन्छ,’ गृहमन्त्री थापाले भने, ‘उहाँलाई काठमाडौं ल्याएर उपचार गर्नुपरेमा हेलिकप्टर ठीक पारेर राखेका छौँ, तर उहाँको हठ छ, जिद् छ । अनशन गरेकै ठाउँमा उपचार गर्नुपर्ने भए डाक्टर ठीक पारेर राखेका छौँ ।’

 

मन्त्री थापाले जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र अनशन गर्न रोकेको स्वीकारे । ‘संवेदनशील क्षेत्रमा अनशन गर्दा काममा खलल पर्ने भएकोले रोकिएको हो । सहमति पछि उहाँ कभर्ड हलमा बस्नुभएको छ,’ उनले भने ।

 

त्यसअघि नेपाली कांग्रेसका सांसद दीलेन्द्र बडूले डा. केसीको स्वास्थ्य जोखिम पर्दै गएको भन्दै उनका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

सरकारको हठका कारण केसीलाइ मृत्युवरणतर्फ धकेल्न लागेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...