बोल्न नसक्ने अवस्थामा पुगे डा. केसी, चिकित्सकले थाले आन्दोलन



हाम्रो इकोनोमि

 

पाँच दिन देखि जुम्लामा अन्सनरत डाक्टर गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ । केसीको स्वास्थ परिक्षणमा संलग्न चिकित्सकहरुको टोली नै फिर्ता भएपछि उनको स्वास्थ्यमा थप समस्या भएको हो।

 

स्थानीय प्रशासनले असहयोग गरेकोले चिकित्सकहरुको टोलीले उपचार गर्न नसक्ने भन्दै सोमबार साँझ केसीलाई छाडेको हो । केसीलाई राखिएको कवर्डहलमा उपचार सम्भव छैन । यस विषयमा प्रशासनलाई बारम्बार खवर गरेपनि प्रतिष्ठान लैजाना दिएको छैन ।

 

उपचारमा संलग्न डा. प्रविण गिरीले भने,  ‘कवर्ड हलमा चारै तिर खुल्ला, औस्यान जमिन र प्रदुशित हावाका कारण सलाईन लगाउदा सुईको माध्यामवाट संक्रमित भाइरल घुस्ने सम्भावना भएको र विद्युत नभएकाले आवश्यक परीक्षणका उपकरण जडान गर्न नसकिएकोले परीक्षणको जिम्मा फिर्ता लिएको हौ’ ।

चिकित्सकहरु आन्दोलित

 

डा. केसीको जीवरक्षाको माग गर्दै बुधवार पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकस्मिक सेवाबाहेक अन्य सबै सेवा ठप्प छन । प्रतिष्ठानका चिकित्सकहरुले अहिले डा. केसीका माग भन्दा पनि उहाको जीवन सुरक्षाका लागि अन्दोलन गरेको र उहालाई सुरक्षित स्थानमा उपचारको लागि नराखिए सम्म आन्दोलन जारी रहने बताएका छन ।

 

बोल्न नसक्ने अवस्थामा पुगे डा. केसी

 

चिकित्सकहरुको टोली फिर्ता भएपछि डा. केसीको रेखदेखका लागि उनिसँगै आएका किशोर केसी छन । उनले डा. केसी बोल्न नसक्ने अवस्थामा रहेको बताए। हातखुट्टा बाउँडिने, शरीर सुनिएको, रिंगाटा लाग्ने, टाउको दुख्‍ने र छातिको धड्कन वढ्ने जस्ता समस्या देखिएको उनको भनाई छ ।

 

चिकित्सकहरुको टोली फिर्ता भएपछि स्थानीय प्रशानले जनस्वास्थ्य कार्यालयको एक टोली खटाएको थियो । तर डा. केसीले उपचारको लागि योग्य ठाउँ नभएकोले उक्त टोलीलाई फर्काइदिएको डा. केसीका सहयोगी किशोर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...